६३ पत्रकार मारिए
अमेरिका पहिलोपटक खतराको सुचीमा
सन् २०१८ मा कम्तिमा ६३ व्यवसायिक पत्रकारको हत्या भएको रिपोटर्स विथआउट बोडर्सले यसैसाता प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यो संख्या गतवर्षको भन्दा १५ प्रतिसतले बढी हो । पत्रकारको लागि खतरा राष्ट्रको सुचीमा पहिलोपटक अमेरिका पनि समावेस भएको छ ।
रिपोटर्स विथआउट बोडर्सका अनुसार, सुचना र समाचार सम्वन्धित विषयमा ८० जनाको हत्या भएकोमा ६३ जना व्यवसायिक पत्रकार, १३ गैर व्यवसायिक पत्रकार र चार अन्य मिडियाकर्मी थिए । ८० जना पत्रकारमा नागरिक पत्रकार पनि समावेस छन् । सन् २०१८ को जनवरी देखि डिसेम्बर १ सम्मको तथ्यांकमा तीनजना व्यवसायिक पत्रकार अहिले हराई रहेका छन् ।
यसैगरी, ६० पत्रकारलाई बन्धक बनाइएको र तीनसय ४८ जनालाई पक्राउ एवं कैद गरिएको छ । ४९ जना पत्रकारलाई निशाना बनाएर हत्या गरिएको छ भने ३१ जनाको समाचार संकलनको कर्ममा मृत्यु भएको हो । यस्तै हत्या भएका पत्रकारमा ७७ जना पुरुष र तीनजना महिला छन् ।
पत्रकारका लागि असुरक्षित राष्ट्रको सुचीमा पहिलोपटक अमेरिका समावेस भएको छ । अमेरिकामा ६ जना पत्रकारको हत्या भएको छ । द्वन्द्वग्रस्त अफगानिस्तान र सिरिया पत्रकारको हत्या हुने राष्ट्रको सुचीमा अग्रस्थानमा छन् । अफगानिस्तानमा १५ र सिरियामा ११ जना पत्रकारको हत्या भएको छ । यस्तै मेक्सिकोमा नौ र यमनमा आठ पत्रकार मारिएका छन् । सन् २०१८ मा भारतमा ६ जना पत्रकार मारिएका छन् ।
मारिएका पत्रकारको आधा संख्या युद्ध नभएका राष्ट्रमा मारिएका छन् । यसले पत्रकारको सुरक्षा र संरक्षणमा सरकारहरु उदाशीन हुदै गएको देखिएको रिपोटर्स विथआउट बोडर्सले जनाएको छ । बन्दीमा रहेका तीनसय ४८ पत्रकारमा एकसय ७९ व्यवसायिक पत्रकार, एकसय ५० गैर व्यवसायिक पत्रकार र १९ जना अन्य मिडियाकर्मी छन् । गत वर्षको तुलनामा पत्रकारलाई बन्दी बनाउने क्रम सात प्रतिसतले बढेको छ ।
पत्रकारलाई बन्दी बनाउने राष्ट्रमा चीन पहिलो छ । चीनले ६० पत्रकारलाई बन्दी बनाएको छ । यसैगरी दोस्रोमा इजिप्ट (३८) र तेस्रोमा टर्की (३३) छन् । इरान र साउदी अरेबिया दुबैले २८/२८ जना पत्रकारलाई बन्दी बनाएका छन् ।
पत्रकारलाई सरकार र विभिन्न समुहले बन्धक पनि बनाएका छन् । सिरियामा ३१ पत्रकार बन्धक बनाइएका छन् भने यमनमा १७ पत्रकार बन्धक बनेका छन् । यसैगरी इराकमा ११ र एक पत्रकारलाई सन् २०१८ मा बन्धक बनाइएको छ ।
विगत दश वर्षमा सात सय दुई व्यवसायिक पत्रकारको हत्या भएको छ ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया