एनआरएनए अफ्रिकाएनआरएनए अफ्रिका बैठकमा युगान्डाकी मन्त्री बुलाकुबुजा प्रमुख अतिथी हुने
इनेप्लिज
२०७५ पुष ७ गते १७:३९ मा प्रकाशित
कम्पला , युगान्डा । यहि डिसेम्बर २९-३० मा अफ्रिकाको कम्पालामा सम्पन्न हुने गैरआबासिय नेपाली संघको तेस्रो अफ्रिका बैठकको उद्घाटन युगान्डाको रास्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायोले गर्नु हुने भएको छ । रास्ट्रपति प्रमुख कार्यकारी हुने युगान्डामा रास्ट्रपति कार्यालय हेर्ने मन्त्री प्रमुख भुमिकामा हुन्छन ।
बैठकको युगान्डाका सांसद , उधोग बाणिज्य संघका अध्यक्ष , उधोगपतीहरुको समेत उपस्थिति रहनेछ ।” बिकासका अनुभवहरु साटासाट ” मुल एजेन्डा रहेको बैठकले अफ्रिका र नेपालका आर्थिक समृद्धि र बिकासका अनुभवहरु बारे कार्यपत्रहरु प्रस्तुत हुनेछन ।
साथै अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुले समेत यहाँका बिकास परियोजनाका अनुभवहरु नेपालमा कसरी लगानी र प्रबिधिका रुपमा लग्न सकिन्छ बारे कार्यपत्र प्रस्तुत गर्नेछन । त्यसबाहेक नेपालीले अफ्रिकामा नेपालीहरुलाई भोग्नु परेका समस्याका बारेमा समेत छल्फल हुनेछ ।
बैठकमा युगान्डा हेर्ने इजिप्ट स्थित नेपालका राजदूत झबेन्द्र अर्याल , एनआरएनए अध्यक्ष भबन भट्ट , पुर्ब अध्यक्ष जिबा लामिछाने , उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यको समेत उपस्थिति हुनेछ ।
नेपाल राजदुतावस इजिप्टको सह आयोजनामा सम्पन्न हुने बैठकको प्रमुख प्रायोजक आइडिया फर नेपाल र रुपालिया ग्रुप युगान्डा रहेका छन ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया