शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:२६
वासिङटन डिसी 13:41

अमेरिकामा शुक्रबार मध्यरातबाट सरकार बन्द

मध्ययुगिन पर्खाल चाहदैनौः डेमोक्र्याट

यादवराज जोशी २०७५ पुष ७ गते २:२८ मा प्रकाशित

हाउसबाट बिहीबार राती पारित भएको बजेट सिनेटमा शुक्रबार मतदान हुन नसकेपछि मध्यरातबाट सरकार बन्द हुने निस्चित भएको छ । हाउस र सिनेट दुबैको बैठक शनिबार मध्यान्हसम्म स्थगित भएकोले शुक्रबार राति १२.०१ बजेपछि गर्भमेन्ट आंशिक बन्द हुनेछ ।

राष्ट्रपति ट्रम्पले अमेरिका मेक्सिको सीमा पर्खाल लगाउन पाँच अर्ब र सीमा सुरक्षाका लागि थप ८.७ बिलियन डलर बजेट दिन काँग्रेसलाई अनुरोध गरेका थिैए । बिहीबार सिनेटले फरवरी ८ सम्म बजेट व्यवस्था गर्ने मध्यमार्गी बिकल्पमा काम गरेको थियो । तर, हाउसले पूर्ण बजेट नै पारित गर्यो ।

हाउसले पारित गरेको बजेटमा शुक्रबार सिनेटमा भोट हुनु पर्ने थियो तर भोट नभई सिनेटको बैठक शनिबार मध्यान्हसम्मका लागि स्थगित भयो । फलस्वरुप गर्भमेन्ट सटडाउन निस्चित भयो ।

यसअघि बुधबार ह्वाईट हाउसमा सिनेटरसंग कुरा गर्दै ट्रम्पले आफु कुनै मध्यमार्गी बाटोको पक्षमा नभएको बताएका थिए । अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउने विषयमा गर्भन्मेट सटडाउन हुन्ट भने केही छैन, म त्यसमा गर्व गर्छु, उनले भने, पर्खालका लागि बजेट नभएको (मध्यमार्गी) बजेटलाई म स्वीकृत गर्दैन ।

सीमा पर्खाले अमेरिका आउने गैरकानुनी आप्रवासी रोक्न ठूलो सहयोग गर्नेमा आफु विश्वस्त रहेको उनले बताए । कसैलाई मन परोस नपरोस पर्खालले काम गर्छ । अरु कुराभन्दा पर्खाल नै उत्तम विकल्प हो, उनले भने ।

सन् २०१७ को मध्यावधी निर्वाचनपछि बलियो बनेको डोमेक्र्याटको सहयोग नभइ सिनेटमा बजेट पास हुने सम्भावना थिएन् । रिपब्लिकन र डोमेक्र्याटबीच यस विषयमा कैयन वार्तापनि भए तर निकास निस्किएन । सिनेटमा बजेट पास हुन ६० जनाको समर्थन आवश्यक पर्छ तर रिपब्लिकनसंग उक्त बहुमत छैन ।

डेमोक्र्याटहरुले आफुहरु बलियो सीमा व्यवस्थापनको विपक्षमा नभएको तर मध्ययुगिन जस्तो पर्खाल नचाहेको बताएका छन् । शुक्रबार राति १२.०१ बजेबाट हुने गर्भमेन्ट सटडाउन लामो हुने अनुमान गरिएको छ । किनकीः राष्ट्रपति ट्रम्पले आफुले चाहे जस्तो बजेट नपाउन्जेल बजेट स्वीकार गर्ने छैनन् । अर्को तर्फ, सिनेटमा बजेट पास हुन डेमोक्र्याटको समर्थन अत्यावश्यक छ । अहिलेसम्म त्यो सहमति बनेको छैन ।

स्रोतः सिएनएन, रोयटर्स, सिएनबिसी, एनपिआर र अन्य ।

तस्बिर :गुगल खोज

प्रतिक्रिया