सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:५५
वासिङटन डिसी 19:10

सीमा पर्खाल बजेट हाउसबाट पारित ,सिनेटबाट अस्वीकृत हुन सक्ने

यादवराज जोशी २०७५ पुष ६ गते १२:२७ मा प्रकाशित
अमेरिकी सिनेटले बिहीबार राती अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउन आवश्यक बजेट पारित गरेको छ । हाउसमा भएको मतदानमा पर्खाल निमार्णका लागि ५.७ अर्ब डलर दिने बजेट दुई सय १७ को बहुमतले पारित गरेको हो ।
यसअघि शुक्रबार रातीबाट हुन सक्ने गर्भमेन्ट सटडाउन रोक्न फेब्रुवरी ८ सम्मका लागि आंशिक बजेट पेस गर्ने मध्यमार्गीबाटो अपनाइएको थियो । अमेरिका मेक्सिको सीमामा पर्खाललाई बजेट नदिने विषय उठेपछि राष्ट्रपति ट्रम्पले उक्त प्रस्ताव आफूलाई स्वीकार्य नभएको बताएका थिए ।
हाउसबाट बजेट पारित भएपनि सिनेटबाट बजेट पारित हुन सक्ने सम्भावना कम छ । एकसय सदस्य भएको सिनेटमा रिपव्लिकनको झिनो बहुमत छ । सिनेटबाट बजेट पारित हुन ६० मत पक्षमा हुनुपर्छ तर रिपव्लिकनसंग ५२ मत मात्र छ ।
सिनेटमा बहुमतका नेता मिच म्याककोनेलले हाउसबाट स्वीकृत बजेटमा शुक्रबार छलफल हुने बताएका छन् । तर, उक्त बजेटलाई तत्काल पारित गर्न डेमोक्र्याटले दिने छैनन् । सिनेटमा डेमोक्र्याट नेता चक समुरले मेक्सिको सीमामा पर्खाल लगाउने कार्यको बिरोघ गर्दै आएका छन् ।
राट्रपति ट्रम्प शुक्रबारबाट १६ दिने बिदा मनाउन फ्लोरिडा जाने कार्यक्रम छ । तर, गर्भमेन्ट सटडाउन भएमा उनी बिदामा नजाने ह्वाईट हाउसका अधिकारीले बताएका छन् ।
स्रोतः सिएनएन, एनपिआर

प्रतिक्रिया