“नेता बैगुनी नभई नहुनी” आयो नेताहरुलाइ अर्को झटारो !! हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ पुष ६ गते ९:३१ मा प्रकाशित

विशेषगरी ‘मेरी बास्सै’को चौरासी बा (सुशील कोइराला) भन्ने पात्रका रुपमा उनले गरेको अभिनयले दर्शकहरुका विशेष छाप छाड्न सफल भएको छ । राजा राजेन्द्र रेडियो अडियो एफएममा सातामा पाँच दिन हाँस्य व्यङ्ग्य कार्यक्रम सञ्चालन गरिरहेका छन् । रेडियो अडियोबाट २०६५ सालदेखि निरन्तर हाँस्य व्यङ्ग्य कार्यक्रम सञ्चालन गरिरहेका उनका कमेडी क्लब, चिया चौतारी, सुपरफास्ट, चटपटे गरम मसलालगायतका कार्यक्रमहरु चर्चाका केन्द्रमा रहे । त्यसैगरी ई–२४, टेलिभिजनमा हाँस्य व्यङ्ग्य कार्यक्रम ‘गीत जात्रा’ र हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘जोक तन्त्र’ समेत सञ्चालन गरेका थिए ।

गायन क्षेत्रमा समेत आफूलाई उभ्याउँदै दुई दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज भरी सकेका र दर्जनौं गीतहरुमा शब्द तथा संगीत गरिसकेका राजा राजेन्द्रको ‘मेरो माया’ गीती एल्बम समेत बजारमा आइसकेको छ । सुरुमा गायक बन्ने अभिलासा बोकेका राजा राजेन्द्रले वर्तमानमा गीत संगीत क्षेत्रलाई दोस्रो प्राथमिकतामा राखि रहेका छन्, भने हाँस्य वयङ्ग्य क्षेत्रलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् ।

प्रतिक्रिया