शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:०९
वासिङटन डिसी 00:24

गर्भन्मेट सटडाउन पक्का ट्रम्पले मध्यमार्गी प्रस्ताव नमान्ने

यादव राज जोशी २०७५ पुष ५ गते २२:५५ मा प्रकाशित

शुक्रबार मध्यरातीबाट गर्भन्मेट सटडाउन हुने लगभग निस्चित भएको छ । अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउन ह्वाईट हाउसले मागेको पाँच अर्ब अमेरिकी डलर मध्यमार्गी प्रस्तावमा समावेस नभए राष्ट्रपति ट्रम्पले उक्त प्रस्ताव स्वीकार नगर्ने बिहीबार बताएका छन् ।

अमेरिका मेक्सिको सीमामा बनाउन बजेट समाबेस नभएको मध्यमार्गी प्रस्तावमा म हस्ताक्षर गर्ने छैन । अमेरिका मेक्सिको सीमामा पर्खाल बनाउन पाँच अर्ब बजेट निकासा गर्ने विषय विवादमा आएपछि बुधबार सिनेटका बहुमतका नेता मिच म्याककोनेलले फरवरी ८ सम्मको लागि बजेट व्यवस्था गर्ने मध्यमार्गी प्रस्ताव पेस गरेका थिए ।

ह्वाईट हाउसमा सिनेटरसंग कुरा गर्दै ट्रम्पले आफु कुनै मध्यमार्गी बाटोको पक्षमा नभएको बताएका हुन । अमेरिका मेक्सिको सीमामा पर्खाल लगाउने विषयमा गर्भन्मेट सटडाउन हुन्ट भने केही छैन, म त्यसमा गर्व गर्छु, उनले भने, पर्खालका लागि बजेट नभएको (मध्यमार्गी) बजेटलाई म स्वीकृत गर्दैन ।

सीमा पर्खाले अमेरिका आउने गैरकानुनी आप्रवासी रोक्न ठूलो सहयोग गर्नेमा आफु विश्वस्त रहेको उनले बताए । कसैलाई मन परोस नपरोस पर्खालले काम गर्छ । अरु कुराभन्दा पर्खाल नै उत्तम विकल्प हो, उनले भने ।

गर्भमेन्ट सटडाउनले आंशीकमात्र प्रभाव पार्ने छ किनकी अमेरिकी सेना र अन्य सुरक्षा निकायको बजेट २०१९ सेप्टेम्बरसम्म पारित भएको छ । यो मध्यमार्गी बजेट पारित नभए डिर्पाटमेन्ट अफ होमल्याण्ड सेक्युरिटी , नेसनल पार्क। यातायात, हाउजिड. र अन्य केही पैभावित हुनेछन् । करिव एकलाख कर्मचारी प्रभावित हुनेछन् । उनीहरुलाई घरम बस्न आदेश दिईनेछ ।

प्रतिक्रिया