न्यु जर्सीको जर्सी सिटी र नेपालको ईन्द्रावती गाउँपालिका बिच भगिनी सम्बन्ध हुने
अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर र नेपालको सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका बिच हुने औपचारिक रूपमा भगिनी सम्बन्ध सिस्टर बनाउन जर्सी सिटी काउन्सिलद्वारा ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएकोछ।
जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया परियार( मानार्थ बिद्या वारिधि) को विशेष पहल र नेतृत्वमा यि दुई शहर बिच भगिनी सम्बन्ध बनाउन सफल भएको हो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती पहिलो गाउँपालिका हो।
ईन्द्रावती गाउँपालिका प्रमुख पूर्व अमेरिकी नेपाली एनआरएन बंशलाल तामांग हुन्। उनी स्थाई आवासीय पत्र ( ग्रिन कार्ड )त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन्। डा. परियारले दुई मुलुकका साझेदार (स्टेकहोल्डर)हरूसंग लामो परामर्श पछि ईन्द्रावती गाउँपालिकालाई भगिनी सम्बन्ध बनाउन चुनिएको हो।
गाउँपालिका प्रमुख बंशलाल तामांग न्यू योर्कस्थित सिन्धु-युएस वेलफ़ेयर सोसाईटीका संस्थापक अध्यक्ष पनि हुन्।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया