बाना बोर्ड अफ ट्रस्टिको अध्यक्षमा कुलमणि आचार्य निर्वाचित
इनेप्लिज
२०७५ पुष ५ गते ११:३८ मा प्रकाशित
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा स्थापित रहेको बाल्टिमोर एसोसिएशन अफ नेप्लीज ईन अमेरिका (वाना)ले बोर्ड अफ ट्रस्टिको अध्यक्षमा संस्था कै निवर्तमान अध्यक्ष कुलमणि आचार्य निर्वाचित भएका छन् ।
डीसी महानगर क्षेत्रमा आफ्नै भवन खरिद गर्नुको साथै सामुदायिक गतिबिधिमा निकै क्रियाशील गैर मुनाफा सामाजिक संस्था बानाको वर्तमान अध्यक्षमा महिला नेतृत्व अनु श्रेष्ठ वन्तको रहेको छ ।
बाना बोर्ड अफ ट्रस्टिको निर्वाचन डिसेम्बर २० तारिखमा भएको थियो । वोर्ड अफ ट्रस्टीको भेलाले ७ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । निर्वाचित कार्यसमितिको अध्यक्षमा वानाका निवर्तमान अध्यक्ष कुणमणी आचार्य ,उपाध्यक्षमा राजन कट्टेल ,महासचिवमा दिवाकर ज्ञवाली निर्वाचित भएका छन् । यसै गरि सदस्यहरूमा अनु श्रेष्ठ वन्त ,प्रभु थापा ,देवब्रत शर्मा र गोपाल विक रहनु भएको छ ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया