सल्यानको कुमाख गाउँपालिकामा बैकिंग कारोबार बढ्यो, १५ दिनमै १०० नयाँ खाता खोलिए

इनेप्लिज २०७५ पुष ५ गते ४:२३ मा प्रकाशित

सल्यानको कुमाख गाउँपालिका रागेचौरमा रहेको हिमालयन बैंक शाखामा बैकिड्ड चहलपहल बढेको छ । हिमालयन बैंक कुमाख शाखा २०७५ साल साउनमा खुले पनि आर्थिक कारोबार भने २०७५ असोज महिनादेखि सञ्चालनमा आएको हो । सञ्चालनको शुरुमा बैकिङ कारोबार नगन्य भए पनि मंसीरदेखि बढेको निमित्त शाखा प्रबन्धक भरतराज उप्रेतीले बताए । अहिले बैंकमा दैनिक कारोबार बढेर १० लाखसम्म पुग्ने गरेको प्रबन्धक उप्रेती बताउनुहुन्छ । बैंकले रकम जम्मा गर्ने, झिक्ने र रकम पठाउनेसँग चेक क्लियरिङ सेवा पनि दिदै आएको छ ।

कुमाख हिमालयन बैंक शाखामा १५ दिनमै एकसय २ नयाँ खाता खुलेका छन् । २०७५ मंसीर १३ गते देखि ३० गते सम्म गणना गर्दा १७ दिन हुन्छ तर बैकिङ कारोवार हुने दिन २ शनिबार कटाएर १५ दिन हुन्छ । १५ दिनमा हामीले १०० नयाँ खाता खोल्न सफल भयौं, यसको क्रेडिट हाम्रो पुरै टिमलाई जान्छ निमित्त प्रबन्धक भरतराज उप्रेतीले भने, शाखामा ३ जना बैंकका कर्मचारी सहित २ जना सुरक्षाकर्मी र १ जना कार्यालय सहयोगी गरी हामी ६ जना कार्यरत छन् । 

प्रबन्धक उप्रेतीले बताएअनुसार अहिले तुरुन्तै ५० वटा भन्दा बढी नयाँ खाता खोल्ने तयारीमा छन् । एक दर्जनभन्दा बढी उपभोक्ता योजनाका खाताहरु खुलिसकेका छन् भने केही उपभोक्ता योजनाका मात्र खाता खोल्न बाँकी छन् । त्यस्तैगरी ४८ बिद्यालयमध्ये ८० प्रतिशत खाता खुलिसकेका छन् भने ४८ बिद्यालयका ३०० भन्दा बढी शिक्षक शिक्षिककाहरुको नयाँ खाता खोलिने क्रममा छन् ।  अहिले बैंकमा ११ बजेदेखि ३ बजेसम्म नयाँ खाता खोल्नेहरुको भीड नै लाग्ने गर्दछ । कुमाख गाउँपालिकामा क वर्गको हिमालयन बैंकको शाखा सञ्चालनमा आएकोले बैंकप्रति सर्वसाधारणको विश्वास उत्तिकै बढेको हो । बैकका २ जना कर्मचारी स्थानीयबासी भएकाले पनि गाउँपालिकाका सबैले कारोबार गर्न सहज महशुस गरेका छन् ।   गाउँपालिकाले सार्वजनिक सरोकारका बाटो, कुलो, सिंचाई र खानेपानी लगायतका उपभोक्ता समतिलाई योजनाको रकम बैकिङ प्रणालीमर्फत भुक्तानी गर्ने भएपछि छोटो अवधिका योजनाका खाताहरु पनि धमाधम खुल्न थालेका हुन् ।  बैंकको सहज सेवा सुबिधाको कारण सर्वसाधारणहरुको बैंकप्रति विश्वास बढ्दै गएको छ । बैंकको सेवा सुबिधा लागि गाउँपालिका, सुरक्षा निकाय, समाजसेवी, बुद्धिजीवि र राजनीतिककर्मीहरुले अप्रत्यक्ष रुपमा सहयोग पुर्याएको पनि नि. प्रबन्धक उप्रेतीले बताए ।

शून्य मौज्दातमै ४ प्रतिशत ब्याज पाइने बैंकले रु एक हजारमा बचत खाता सञ्चालन गर्ने जनाएको छ, तर सरकारी बिद्यालय शिक्षक शिक्षिका र गाउँपालिका वडा र सरकारी कार्यालयका कर्मचारीहरुको वचत खाता भने सम्बन्धित कार्यालयको सिफारिसमा शन्य मौज्दातमै खोल्न सकिने सुबिधा दिएको छ । शून्य मौज्दातको खाताको ब्याज सुबिधा वार्षिक ४ प्रतिशत रहेको छ । करेन्ट खाता सञ्चालन शुल्क भने दुई हजार पाँच सय लाग्ने बैंकले जनाएको छ । त्यस्तै बैंकको साधारण वचत खाता रु एक हजारमा खोल्न सकिनेछ भने यसको वार्षिक ब्याजदर ३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया