फेसबुकलाई डिसीमा मुद्दा माक्रोसफ्ट,एमाजोन,गुगल,नेटफ्लिक्स र स्पोटिफाई कम्पनीले किने फेसबुकका सुचना

यादव राज जोशी २०७५ पुष ४ गते २२:०७ मा प्रकाशित

डिस्ट्रिक्ट अफ कोलम्बियाका महान्याधिवक्ता कार्ल रेसिनले बुधबार फेसबुक विरुद्ध मुदा दायर गरेका छन् । उनले फेसबुकमाथि प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्न नसकेको अभियोग लगाएका छन् ।

तेस्रो पक्षले बनाएका एप्लिकेसन(एप्स)राम्रो अनुगमन गर्न नसक्दा विभिन्न एप्स निर्माताले प्रयोगकर्ताका महत्वपूर्ण सुचना चोरी गर्ने गरेका थिए । यसैगरी,फेसबुकले विभिन्न ठूला व्यवसायिक फर्मलाई प्रयोगकर्ताको सुचना बेचेको समेत पाइएको छ ।

क्याम्ब्रिज एनालेटिकाले आठ करोड ७० लाख प्रयोगकर्ताको सुचनामा पहुच समाचार सार्वजनिक भएपछि थप जानकारी बाहिर आउन थालेका हुन् । त्यस्तै सोनी,माक्रोसफ्ट,एमाजोन,गुगल,रोयल बैंक अफ क्यानडा जस्ता कम्पनीलाई प्रयोगकर्ताको इमेल,टेलिफोन नं. उपलव्ध गराएको थियो भने नेटफ्लिक्स र स्पोटिफाईलाई प्रयोगकर्ताको म्यासेजसम्म पहुँच दिएको थियो । सर्च इन्जिन बिड.लाई फेसबुकको सम्पूर्ण जानकारीमा पुग्न सक्ने बाटो दिइएको थियो । ठूला कम्पनीलाई सन् २०१२ देखि २०१७ सम्म फेसबुकले निर्वाध प्रयोगकर्ताको सुचनामाथि पहुँच दिएको थियो ।

अमेरिकाको गोप्यता सम्वन्धि कानुनमा कुनैपनि कम्पनीले उपभोक्ताको सुचना सार्वजनिक गर्न वा अरुलाई दिन वा बेच्नमा बन्देज लगाएको छ । फेसबुकका गोप्यता निर्देशक डेभिड भाल्देकले प्रयोगकर्ताको सुचनामा पहुँच दिदाँ गोप्यता सम्वन्धि कानुन पूर्ण पालना भएको दावी गरेका छन् । कतिपय तेस्रो पक्षले फेसबुकको स्विकृति बेगर नै तथ्यांकमा पहुँच गरेका छन् । फेसबुकले सुचनामा पहुँच दिने सम्झौता गर्दा गोप्यता कानुन उलंघन भएको छैन ।

फेसबुक प्रयोगकर्ताको सुचनामा संवेदनशील हुन थालेको सन् २०१८ को अप्रिलपछि मात्र हो । गत अप्रिलमा फेसबुकका प्रमुख कार्यकारी मार्क जुगेरवर्कले फेसबुकको गोप्यतामाथि पूर्ण नियन्त्रण रहेको दावी गरेपनि उनको असत्य भएको पाईएको छ । गत सेप्टेम्बरमा तेस्रो पक्षले बनाएको एउटा एप्सले प्रयोगकर्ताले अपलोड गरेको तर सार्वजनिक नगरेका फोटो र भिडियोसम्म पहुँच बनाएको थियो ।

प्रयोगकर्ताको स्वीकृति बिना फेसबुकले क्याम्ब्रिज एनालेटिका र अन्य तेस्रो पक्षलाई सुचनामा पहुँच दिएर गम्भीर गल्ती गरेको छ, महान्याधिवक्ता रेसिनले भने, यो गोप्यता कानुनको उलंघन हो । आज दायर गरिएको मुद्दालाई प्रयोगकर्ताको सुचना सुरक्षित गर्न फेसबुकलाई बाध्य बनाउने रेसिनले बताए ।

डिसी प्रशासनले दायर गरेको मुद्दा सन् २०१४ मा प्रयोगकर्ताका साथी समुहको जानकारी लिने एप्सलाई फेसबुकले नियन्त्रण नगरेकोसंग सम्वन्धित छ । त्यसबेला डिसी महानगरमा बसोबास गर्ने तीनलाख ४० हजारको सुचना चुहिएको थियो । तर, उक्त एप्सले आठसय ६० जना प्रयोगकर्ताको साथीहरुको जानकारी डाउनलोड गरेको थियो ।

सोनी,माक्रोसफ्ट,एमाजोन,गुगल,रोयल बैंक अफ क्यानडा, नेटफ्लिक्स र स्पोटिफाई जस्ता कम्पनीले फेसबुकबाट लिएको सुचनाको आधारमा आफ्नो मार्केटिड.राणनीति बनाई व्यापार बढाएका थिए । त्यसबाट फेसबुकले पनि राम्रो आम्दानी गरेको थियो । फेसबुकका विश्वका दुई अर्ब २० करोड प्रयोगकर्ता छन् ।

फेसबुकले प्रयोगकर्ताको गोप्यता उलंघन गरेको सम्वन्धमा विश्वभरी अध्ययन अुनसन्धान भैरहेको छ । अमेरिकी काँग्रेसले विभिन्न विषयमा अध्ययन गरिरहेको छ । बेलायतको संसदको एक समितिले यसै महिनाबाट फेसबुकबाट लिएको सुचनालाई ठूला कम्पनीले कसरी प्रयोग गरे र कस्तो फाईदा लिए भन्ने अध्ययन सुरु गरेको छ ।

स्रोतः सिएनएन, न्यूयोर्क टाइम्स, ब्लुम्बग,एनपिआर आदि

प्रतिक्रिया