अशोक दर्जीको चौरीको चाम्रोले अपार सफलतापछि घर छायो खुशीयाली (हेर्नुहोस् भिडियो)

इनेप्लिज २०७५ पुष ४ गते ११:४९ मा प्रकाशित

काठमाडौं÷अशोक दर्जी अहिलेका सर्वाधिक चर्चित बाल गायक हुन् । नेपालका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीसँग मन बिनाको धन ठूलो की धन
बिनाको मन गीत गाएर चर्चाको शिखरमा पुगेका अशोकले निकै छोटो समयमा दर्शकको मन जित्न सफल भएका छन् । अशोक सानो उमेरमै देश विदेशको
कार्यक्रममा निकै व्यस्त छन् ।

पहिलो गीत सफल भएपछि दर्शकले अशोकको दोस्रो गीतको पनि निकै प्रतिक्षा गरिरहेका थिए । नभन्दै दर्शकको प्रतिक्षाको फल आएको छ । भर्खरै मात्र
अशोकको दोस्रो गीत सार्वजनिक भएको छ । उक्त गीतले अहिले तहल्का पिटिरहेको छ । नेपालको टेन्डिङ नम्बर एकमा एकछत्र राज गरिरहेको छ । अशोकको गीतले तहल्का पिटेपछि उनको घरमा पनि खुशीयाली छाईरहेको छ । टंक बुढाथोकीको शब्द र संगीत रहेको चौरीको चाम्रो छुर्पी बोलको गीतमा टंक, अशोक र ए.आरको आवाज रहेको छ । उक्त गीतको भिडियोमा पनि टंक, अशोक र ए.आरलाई फिचरिङ गराइएको छ । उक्त गीतको भिडियो निकै राम्रोसँग तयार पारिएको छ । गीतको भिडियोमा अशोक र ए.आरलाई निकै खुलेको देख्न सकिन्छ । पहिलो गीतले जस्तै अशोकको दोस्रो गीतले पनि दर्शकको मन जितेको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया