गायक कमल ज्योती र गायिका पुर्णकला विसीको लोकदोहोरी गीत ‘बजारको माया ’ भिडियोसहित

इनेप्लिज २०७५ पुष ४ गते ११:३९ मा प्रकाशित
नेपाली लोक दोहोरी गीतको क्षेत्रमा मौलिक लोकलयमा आधारित गीत ल्याउदैँ आएका गायक कमल ज्योती र गायिका पुर्णकला विसीको आवाजमा रहेको लोकदोहोरी गीत ‘बजारको माया ’ गीतको भिडियो बजारमा आएको छ । प्रेमको भावहरु आफनी मायालु ले नबुझदा जिवनमा पिडा भएको कुरा गायक ज्योतीले गरेका छन ।
गीतको बजार ब्यावस्थापन तथा भिडियो निमार्ण ब्लोसम म्युजिक प्रालीले गरेको छ  । कमल ज्योतीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । सागर गौत्तमको छायाँकन , अनिल रानाको सम्पादन , राजिव बलामीको निर्देशन भिडियोमा रहेको छ  । मायालु जोडीको भुमिकामा आशा खड्का , उद्धव सापकोटा र कमल श्रेष्ठको अभिनय रहेको छ ।
‘बजारको माया ’ को हेर्नुहोस भिडियो

प्रतिक्रिया