फिल्म निर्देशक तथा कलाकार पेनी मार्शलको निधन
इनेप्लिज
२०७५ पुष ४ गते ११:११ मा प्रकाशित
न्युयोर्क । अमेरिकी कलाकार तथा निर्देशक पेनी मार्शलको निधन भएको छ । अमेरिकी टेलिभिजन शो लबर्न एण्ड शर्लीकी स्टार अभिनेत्री पेनीको ७५ वर्षको उमेरमा निधन भएको हो ।
उनले बिग र अ लिग अफ देअर वनसहितका हिट चलचित्रको निर्देशन समेत गरेकी हुन् । बिग अत्याधिक सफल भएको थियो, यसबाट उनी अमेरिकी बक्स अफिसमा १०० मिलियन डलर भन्दा बढीको कारेबार गर्ने चलचित्रको पहिलो महिला निर्देशक पनि बनिन् ।
सन् २००४ मा उनले साथी कलाबार सिन्डी विलियम्ससँगै अ स्टार अन द हलिउड वाक अफ फेम सम्मान पाएकी थिइन् । उनलाई चलचित्र निर्माण उद्योगको संस्थापक मध्येमा हेर्ने गरिएको छ ।
उनले रोर्बट डी निरो तथा रोबिन विलियम्स रहेको चलचित्र अवेकिङ्गसको पनि निर्देशन गरेकी हुन् । यो चलचित्र सर्वोत्कृष्ट चलचित्रसहित तीन बिधामा ओस्कारमा मनोनयनमा परेको थियो । एजेन्सी
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया