शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०२:०६
वासिङटन डिसी 16:21

ट्र्याक्टर दुर्घटनामा युवकको मृत्यु

इनेप्लिज २०७५ पुष ४ गते ११:०७ मा प्रकाशित
लहान, पुस ४ गते । सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
 
खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्र्याक्टरबाट लडेर स्थानीय २६ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।
 
मृतक यादवको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ । ट्र्याक्टरको चालक फरार रहेकाले खोजी भइरहेको छ ।

प्रतिक्रिया