शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०३:०१
वासिङटन डिसी 17:16

भारतको चौथो बिश्व रेकर्ड तोड्न नेपाली खेलाडी द्वारा आर्थिक सहयोगको अपिल

इनेप्लिज २०७५ पुष ४ गते ३:०१ मा प्रकाशित

 

भर्खरैमात्र भारतिय खेलाडिले राखेको बिश्व रेकर्डलाई तोड्दै नेपाललाई तेश्रो बिश्व रेकर्ड दिलाउन सफल कराते खेलाडी उज्ज्वल ठकुरीले चौथो गिनिज बुक अफ वोर्ल्ड रेकर्ड राख्ने क्रममा छन् । उनले भारतकै अर्को रेकर्ड तोड्न गिनिज बुक अफ वर्ड रेकर्डले दस्तुर बापत लिने रकम र यातायात लगायतकालागि आर्थिक सहयोगको अनुरोध गरेका छन् ।

ठकुरीले मार्सल आर्ट्समा नेपालीको लागि एउटा इतिहास रच्ने बाचा गर्दै लगातार भारतको अर्को बिश्व रेकर्ड तोड्ने प्रण सहित नेपाली समुदायमा सहयोगका लागि अपिल गरेका हुन ।

तेश्रो बिश्व रेकर्ड राखि सकेका ठकुरी हाल भर्जिनियामा बस्छन् ।

https://www.gofundme.com/4th-and-5th-guinness-world-record-to-set?

प्रतिक्रिया