छोराको उपचारका लागि बाजुरादेखि काठमाडौँ, भन्छन, “पैसा नभए पनि मान्छे मार्न त भएननी” [हेर्नुहोस भिडियो सहित्]

इनेप्लिज २०७५ पुष ३ गते १२:२२ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : बाजुराका सर्बदिद हमाल आफ्ना छोराका उपचारका लागि काठमाडौँ आएका हुन्। बाजुरा देखि सात डाडा पार गरी काठमाडौँ त आए तर उनीसंग राम्रो उपचारका लागि आर्थिक जोहो गर्न सकिरहेका छैनन् । उनको नाती सानो हुँदा खुट्टामा घाउ भएको थियो त्यो घाउ ठिक नलाग्दै उनको फेरी स्कुलमा लडेर खुट्टा भाचियो।

काठमाडौँ आउनुपुर्व उनी नातीलाई लिएर उपचारका लागि भारत पनि गए तर त्यसपछि निको नभएपछि नेपालगन्ज र चितवन हुँदै काठमाडौँ आईपुगे। १० कक्षामा अध्धयनरत नातीको अझै खुट्टाको घाउ ठिक भएको छैन। उपचारका कारण राजधानी आएका उनको पढाई पनि पुरा हुन्अ सकेको छैन । अहिले छोरालाई वीर अस्पतालमा उपचार गराईरहेका छन्। हमाल साधारण किसान हुन्। घरमा पालिएको गाई बाख्रापालेर आर्थिक जोहो गरिरहेका छन् तर उपचारका लागि धाउँदा धाउँदा २ ३ लाख लागिसकेको छ।

उनी र उनका नाती होटलमा बस्दै आएका छन्। होटेलमा बस्दा खाँदा उपचारका खर्च गरी आफ्नो जम्मा रकम सकिएर ऋण पनि लिएको हमालले बताए। उनी भन्छन, ‘हामीसँग ५ रुपैया पनि छैन, पैसा छैन भन्दैमा मान्छे नै मार्न दिन त भएन सकेसम्म उपचार गर्ने विचार गरेर हिडेको छु।’ उनले विरामीको औषधीको लागि सहयोगको अपिल गरेका छन् । बाँकी हेर्नुहोस् भिडियो :

प्रतिक्रिया