तमु ल्होछार कार्यक्रमको तयारी पुरा
आगामी डिसेम्बर ३० तारिखका दिन भर्जिनिया स्थित हर्नडन सामुदायिक केन्द्रमा हुन् गई रहेको तमु ल्होछार कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् । ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा ल्होछार मूल आयोजक समितिक संयोजक नन्द कुमार गुरुङको भर्जिनियाको आसर्बन स्थित निवासमा बसेको बैठकले उक्त जानकारी गराएको हो ।
साथै उक्त बैठकले विभिन्न निर्णयहरु गर्नुका साथै सम्पूर्ण गुरुङ (तमु) लगायत नेपाली दाजुभाई दिदीबहिनीहरुमा तमु ल्होछार( पौष १५ ) को अग्रिम शुभकामना दिदै स -परिवार ल्होछार कार्यक्रममा सहभागी हुनका लागि निमन्त्रणा गरेको छ ।
उक्त कार्यक्रममा समाजले चर्चित गायिका अन्जना गुरुङ र केहि समय अगाडी मिस नेपाल नर्थ अमेरिका २०१८ कि बिजेता मोनिका घले लाई सम्मान गर्ने कार्यक्रम रहेको कुरा संयोजक नन्द कुमार गुरुङले जानकारी गराएका छन् ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया