क्यानेडियन नेवाः गुठी द्वारा टोरोन्टो बिस्वबिद्यालयका प्राध्यापक तथा बिद्याबारीधिका बिद्यार्थीहरु संग अन्तरकृया

इनेप्लिज २०७५ पुष ३ गते ३:२१ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवाः गुठीले हालै टोरोन्टो बिस्वबिद्यालयका प्राध्यापक तथा बिद्याबारीधिका बिद्यार्थीहरु संग एक अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नेवाः संस्कृति एबम भाषाको संबर्धन गर्न तथा बिद्याबारीधिका बिद्यार्थीहरुको शोध कार्यमा सहयोग हुने खालको संभाबित कार्यक्रम संयुक्त रुपमा आयोजना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्नु हुदै गुठीका उपाध्यक्ष उत्तम माकजूले नेवा संस्कृतिमा अन्तरनिहित महत्वपूर्ण पक्ष बारे बिस्वबिद्यालयका बिद्यार्थी लगायत सबैलाई जानकारि गराउन सकिन्छ कि भनेर योअन्तरकृया आयोजना गरेको हो भन्नु भयो।

महासचिब बिमल श्रेष्ठले गुठीको परिचय दिनु हुदै गुठीले आफ्नो परम्परागत कार्यक्रम बाहेक नेवा संस्कृतिलाई अन्तरराष्ट्रीय क्षेत्रमा प्रचार गर्न शिक्षाबिदहरुको महत्वपूर्ण भूमिका हुने भएकोले टोरोन्टो बिस्वबिद्यालय संग सहकार्यको प्रयास गरेको हो भन्नु भयो।

छलफल कार्यक्रममा बोल्नु हुन्दै टोरोन्टो बिस्वबिद्यालय धर्म अध्ययन बिभागका प्रा. डा. फ्रान्सिस गेरेटले गुठी द्वारा गरिने समुदायमूलक सांस्कृतिक भाषिक कार्यक्रममा सक्दो सहयोग रहने बताउनु भयो । अर्का अतिथि इतिहास तथा संस्कृति बिभागका प्रा. डा. जयीता शर्माले संस्कृतिको जगेर्ना गर्न युबा पुस्ताको सहभागिता अत्याबश्यक रहेको बताउनु हुन्दै आफ्ना बिद्यार्थिहरुको शोधकार्यमा गुथि परिवार संग सम्पर्कमा रहि नेवाः खाना सम्बन्धि अध्ययन गराउन प्रस्ताब गर्नु भयो।

“नेवाः बौद्द धर्म”मा पिएच.डी. तहका का शोधकर्ता ईयन टर्नरले आफुलाई नेपाल भाषा सिकाउन गुठीले सहयोग गरेकोमा धन्यबाद दिनु हुदै गुठीको आगामि कार्यक्रममा पनि आफ्नो सक्रिय सहभागिता रहने बताउनु भयो।

अर्का अतिथि “महायान बौद्द धर्म”मा पिएच.डी. तहका का शोधकर्ता अलेक्जेन्डर ओ’नीलले २०१९ को अप्रिल महिनामा टोरोन्टो बिस्वबिद्यालय मा “नेपाल भाषा “को दुई हप्ते संघन प्रशिक्षण हुने बताउनु हुदै सस्कृति तथा भाषा सम्बन्धि कार्यक्रममा आफ्नो सहयोग रहने छ भन्नु भयो।

“नेवाः बौद्द धर्म”मा एम.ए. गरि हाल ” तिब्बति बौद्द धर्म” मा पिएच.डी. तहका शोधकर्ता आन्द्रिया वोलेनले नेपाल भाषाको बिकाश गर्नको लागि आफूले बिद्द्युतिय सामाग्री तयार पार्न सहयोग गर्ने बताउनु भयो ।

सो अन्तरकृया कार्यक्रममा नेपाल भाषा को प्रबर्द्धन, नेवाः नृत्य, बाजा प्रशिक्षण, नेवाः खानाको पाक बिधि तथा प्रदर्शन, नेवाः बिशेषज्ञहरुको अन्तरराष्ट्रीय भेला, नेपाल भाषाको चलचित्र प्रदर्शन, “कार्तिक नाच” पुस्तकको अंग्रेजीमा अनुबाद लगायतका बिषयहरुमा छलफल भएको थियो भने सो अन्तरकृया कार्यक्रमको गुठीका जन सम्पर्क सचिब डा. रिन्जन श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।

गुठीले गत सेप्टेम्बर महिनामा टोरोन्टो बिस्वबिद्यालय मा “सम्येबजी”का बिभिन्न परिकारहरुको पाक बिधि, प्रदर्शन, तथा भोज कार्यक्रम संचालन गरेको थियो ।

प्रतिक्रिया