अशोक दर्जीको गीतमा दृष्टिबिहीन रुद्र दास यसरी बजाए बाँसुरीको धुन (भिडियो सहित)

इनेप्लिज २०७५ पुष ३ गते १:३९ मा प्रकाशित

मोरङ÷उर्लाबारी–२ का रुद्र दास जन्मसिद्ध नेत्रहीन भएपनि उनी कुनै सपाङ्गता भएका व्यक्तिहरू भन्दा कम छैनन् । बाँसुरी बजाउँन उनी सिपालु छन् । विभिन्न गीतका धुनहरु निकालेर बाँसुरी बजाउने रुद्रले धेरैलाई मोहित बनाउनु हुन्छ। ४७ बर्षीय रुद्रले पूर्वका अधिंकाश शहरहरुमा बाँसुरीको धुन सुनाइसकेका छन् । बाँसुरी मात्र होइन, उनी मादल र नौमती बाजा सबै बाजा बजाउँछन्। नेत्रहीन भएकै कारण आफ्नो प्रतिभा ओझेलमा परेको उनले सुनाए। रुद्र दासको प्रतिभा यति मै पूर्ण्विराम लाग्दैन। मुडा बुन्न, काठका सामग्रीहरू हलो, जुवा, मदानी, फरुवा कोदालोको बीँड बनाउन पनि उनी सीपालु छन् उनी ।

बजारको अभावका कारण उनले मुडा र मदानी बनाउन छोडेको बताएका छन् । ‘भएभरको पैसा लगाएर मुडा र मदानी बनायो बिक्री नै हुँदैन’ उनले भने, ‘काठका घरायसी प्रयोग हुने सामग्री बनाएर बजार लग्यो । अन्धोले पनि मदानी बनाउँदो रहेछ भन्दै खिल्ली उडाउँछन् ।’ मुडा बुनेर बिक्रीका लागि जाँदा पनि रुद्र दासले धेरै मन कोक्याउने गरी हेला गरे। उनी भन्छन्, ‘समाजले मागेर खाँदा मात्र मर्यादा गर्छ । हातमा सीप छ। सीप मात्र होइन। पाखुरा भरी बल छ । तर काम गरेर खाने वातावरण छैन् उनले गुनासो गरे । अपाङ्गता भएको परिचय पत्र देखाएर भाडा छुट माग्दा ‘अन्धो’ लाई पनि छुट भन्दै यसले पैसा पनि चिन्छ ? भन्दै हेला गरिन्छ । उनले प्रहरी कार्यालय अगाडि गएर उभिदा समेत अपहेलित भएको गुनासो गरे ।

(हेर्नुहोस् यो भिडियो)

https://www.youtube.com/watch?v=5qlrrctLHn4

प्रतिक्रिया