बुधबार, भदौ १ २०७९
काठमाडौं ०३:३४
वासिङटन डिसी 17:49

नर्थ क्यारोलाइनामा हुने “ग्लोबल नेपाली चलचित्र ,संगीत ,संचार र सामाजिक पुरस्कार २०१८ ” को तयारी अन्तिम चरणमा

इनेप्लिज २०७५ पुष २ गते २३:१८ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना राज्यको सार्लोट शहरमा आगामी डिसेम्बर २२ तारिखका दिन हुने “ग्लोबल नेपाली चलचित्र ,संगीत ,संचार र सामाजिक पुरस्कार २०१८ ” तयारी अन्तिम चरणमा पुगेको छ । अमेरिकाका करिब २० वटा राज्यहरुबाट नेपाली कलाकार,संचारकर्मी समाज सेवी तथा बुद्धिजिबी लगायत ठुलो संख्यामा भुत्निज नेपाली कलाकार र दर्शकहरु आउने बिश्वास गरिएको जानकारी मनोज राईले दिएका छन् ।

आउने अतिथिहरुका लागि स्वागत गर्न स्वागत समिति र व्यवस्थापन समितिले अहोरात्र काम गरि रहेको जानकारी आयोजक शिब बिष्टले जानकारी दिएका छन् । कार्यक्रमलाई रोचक ,मनोरंजन र प्रभावकारी प्रस्तुतिको लागि कलाकार सरोज के.सी. र नायिका ऋचा रिचा घिमीरेले कार्यक्रमको रुप रेखा तयार पार्दै गरेको जानकारी प्राप्त भएको छ ।

बिशेष अतिथि र कलाकारहरुलाई लिमोजिन कार मार्फत होटेलबाट कार्यक्रम स्थलमा पुर्याउन ३ ओटा लिमोकारको व्यवस्था गरिएको छ । यसको साथै रंगिन बेलुनको द्वार र रातो गलैचा (रेड कार्पेट)बाट सबैलाई स्वागत गर्ने योजना रहेको छ । यसै गरि ३ घण्टा सम्म बिबिध मनोरन्जनात्मक प्रस्तुतिहरु समेत हुने छ ।

 

प्रतिक्रिया