एनआरएनएको तेस्रो अफ्रिका बैठकको तयारी पूरा
कम्पाला , युगान्डा,गैरआबासिय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै तयारी युगान्डाको राजधानी सहर कम्पालामा पूरा भएको छ ।आयोजक रास्ट्र एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार यहि २९- ३० डिसेम्बर २०१८ मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको छ । बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ भने सहभागीहरुलाई इम्पेरियल होटेलमा आबासको ब्यबस्था गरिएको छ ।
बैठकको उदघाटन समारोहमा युगान्डा सरकारका तर्फबाट मन्त्रीको प्रतिनिधित्व हुने र बन्द सत्रमा समेत युगान्डा सरकार र निजि क्षेत्रका प्रतिनिधि बाट युगान्डाको आर्थिक बिकास र नेपाल सँग साझेदारीका सम्भावना बारे कार्यपत्र प्रस्तुत हुनेछन ।
गैर आबासिय नेपाली बिज्ञहरु द्वारा अफ्रिकाका ठुला बिकास निर्माणका परियोजनाका आफ्ना अनुभव समेत प्रस्तुत हुने बैठकमा नेपालमा प्रबिधी र लगानीका साझेदारी र अनुभव साटन सकिने विषय माथी समेत छलफल हुनेछ । त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या ,श्रम स्वीकृति र पासपोर्ट नविकरण , दलालहरु द्वारा ट्रान्जीटमा अफ्रिका पुराइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम रहेको एनआरएनए युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेलले बताउनु भयो ।
बैठकमा कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्याल समेत संघका अन्तरास्ट्रिय समितीका अध्यक्ष लगाएत पदाधिकारीहरुको उपस्थिती रहने जानकारी संघका पुर्ब आइसीसी सदस्य जीबनाथ पगेनीले जानकारी गराउनु भयो । मुल कार्यक्रम बाहेक नेपाली , युगान्डीयन र अफ्रिकिन सास्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठी पनि त्यहा सम्पन्न हुनेछ ।
बैठकको इभेन्ट पार्टनर रुपालिया ग्रुप युगान्डा र आइडिया फोर नेपाल रहेका छन ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया