सॉसद आमा गोमालाई अमेरिकाबाट छोरी जोशिलाको मार्मिक चिठी !

इनेप्लिज २०७५ पुष २ गते २२:१५ मा प्रकाशित

आदणीय आमा गोमा ( Goma Devkota ) ! आज यहाँ धेरै चिसो छ । हिजो बाट पानी परेकाले दिन पनी रात जस्तै अध्यारो भएको छ । आज कतै घाम देखीएको छैन । म तिम्री नातीनीको गुलाबी बर्कोमा बेरीएर तिमीलाई यो चिट्ठी लेखीरहेको छु। आमा, हुनत तिमीलाई लाग्यो होला बिहानभरी फेसटाईममा आमाछोरी हेराहेर गरेको यो चिट्ठी लेख्ने के परेछ भनेर।तिम्रो लागी त यो खासै ठुलो कुरा होइन आमा। त्यो बेला महीलाले बोल्दा पोथी बास्यो भन्ने समाजमा पनी हलो जोतेर समाजलाई जिल्याउने तिमी चमत्कारी महिला हौं । लोग्ने मर्दा सेतो कपडा बेरेर किरीया बस्न छाडेर  बलेर खरानी भएको लोग्नेको हड्डी बटुलेर काठमान्डौंमा न्याय माग्न पुग्यौं- आमा तिमी साहासकी देबी हौं । त्यो महिलाले घरको दैलो काट्नुहुन्न भन्ने समाजमा रातबिरात भिर पखेराहरु छिचल्दै महिलाका हक र हितका लागी झन्डै नेपाल छिचोल्यौ तिमीले – आमा तिमी न्ययकी मुर्ती हौं । तर मेरी आमा म तिम्री छोरी भएरनी मेरो छाती तिम्रो जस्तो विसाल भएन । म तिमी जस्ती साहासीली जन्मीन । मलाई ति साना कुरे झार पनी उत्तीस जस्तै अग्ला लाग्छन्। मलाई छुचुन्द्राहरुको चिच्याहट पनी हात्ती गज्रेको जस्तै भान हुन्छ – तेसैले आमा तिमी माथी लगाईएको यो सानो दाँग पनी मलाई चन्द्रमामा लागेको त्यो बिसाल दाग जस्तै लागेको छ ।

आमा ! धेरै पहीलाको कुरा हो,म सानी केटी थिए । भर्खरै प्रजातन्त्र आएको हुदाँ भिमानमा ( सिन्धुली ) फागुन १२ गते बुबा शहिद ऋषी राज देबकोटा आजादको संम्झनामा ठुला ठुला सभा हुन्थे । कहीले मोहनचन्द्र अधीकारी कहीले मदन भन्डारीहरु ती सभामा पुग्नुहुन्थीयो । सभा सुरु हुनु  पहीला हजारौं मानीसहरुले भिमान बजार परिक्रमा गर्थे । सिन्घुली बाटमात्र नभई मानीसहरु एक, दुई दिन हिडेर धनुषा, महोत्तरी, उदयपुर र सर्लाई जिल्लाबाट समेत तेहा भेला हुन्थे । त्यहाँ आउनु हुने सबैनै कतै न कतैबाट आजादको विचार र जिवनसैलीबाट आफु प्रभाबीत भएको बात सुनाउथे । सबैले उहाँको सरल, अनुसासीत, नैतीक बानीको बयान गर्थ । बुबाको कालो सेतो रगंको त्यो फोटो ( तेही एउटा फोटो जुन हामी संग भएको ) रातो अबीर र मालाले त्यो दिन सजाईएको  हुन्थ्यो । जुलुसको अगाडी भागमा बुबाको फोटो बोकीएको हुन्थो । म पनी तीनै हुल मानीसहरुको भिडमा मेरो बुबाको फोटो हेर्दै संगसंगै हिड्थे । कती चोटी त ति मानीसहरुले मलाईनै बुबाको फोटो बोक्न पनी लगाउथे । फोटो बोक्दा भने मेरो सानो मस्तीकमा नानाभातीका कुरा खेल्थे । मलाई कता कता लाज पनी लाग्थो । मनमनै सोच्थे कसैले भन्ने त हेईन् – आफ्नो बाउको फोटो आफै बोकीछ भनेर । म आफैमाथी गिज्याउथे पनी- आफ्नै बाउको फोटो के बोकेकी जोशीला भनेर ।

म सुटुक्क फेरी कसैलाई बुबाको फोटो थमाएर फेरी तेही भिड भित्र शहीद आजाद अमर रहुन् भन्ने नारा लहाउदै अधी बढ्थे । मलाई सधै लाग्थो – मेरा बुबाले जनताको लागी ज्यान बलीदान दिएका हुन् उनीमाथी हाम्रो होईन जनताको हक लाग्नुपर्छ । उनको संम्झना हामीले होईन जनताले गर्नछन् । आजसंम्म तेही सोचेर पनी मैले कहीलै मेरो आमा र बुबाको नाम बेचेर कुनै स्वर्थ पुरा गरेको छैन । कही कतै बाट मेरो बाउको रगत भजाएको छुईन । कसैले चिनीहालेर सोधेनी, मलाई आफैले आजाद या गोमा देबकोटाकी छोरी हुँ भन्न तेती मन लाग्दैन । हुनत मेरी आमा र बुबा दुबैले आफुलाई हामी परिवारमा मात्र सिमीत राख्नुभएन । देशलाई आमा, जनतालाई आफ्नो सिग्गो परिवार ठानेर मेरा आमा बुबा राजनीतीमा लाग्नुभयो । कहिले काही फागुन १२ वा बुबाको मुख हेर्न दिन आउदा म र मेरी आमाको थोरै भनसुनहुने गर्छ ।आमा भन्नुहुन्छ, “आजनी बुबालाई संम्झेनौं है ” म भन्छु “आमा, बुबा हाम्रो  हुनुहुन्नथीयो । उहाँलाई हाम्रो माया थियो भने उहा आज बाचेको हुनुहुन्थीयो । अरुका बाउले जस्तै धन कमाएर हामीलाई एउटै घरमा राखेर पढाउने हुर्काउने गर्नुहुन्थ्यो । देशको होईन हामी छोराछोरीको परीबारको भबीष्य कोर्नु  लाग्नुहुन्थो ।” आमाले मेरो कुरा तेती चित्त बुझ्दैन तर पनी  मेरो कुरामा मन दुखाउनुहुन्न ।आमा हाम्रो केटाकेटीले भोगेको दु:ख संम्झनुहुन्छ र पिलीक्क रुनुहुन्छ सधैजस्तै । बुबा आमा बिना अर्काको घरमा बिताएको हाम्रो बाल्काल, छोराछोरी बिरामी हुदा टाउको छाम्न नपाएको आमाको आफ्नो पिडा, स्कुल जादा कोर्न नपाएको त्यो हाम्रो चुल्टो । भोक लाग्दा जोड्न नपाएको त्यो घरको चुलो संम्झेर मेरो घाउमा आमा केही मलम लगाउने कोसीस गर्नुहुन्छ र भन्नुहुन्छ , ” छोरी देश र जनता भनेको तिमी पनी हौं । देशको भलो हुदा तिम्रोनी भलो हुन्छ । छोरी, बुबाले तिमीलाईनी उत्तीकै माया गर्नुहुन्थीयो जती यो देश र जनतालाई गर्नुभयो । आमा, हो तिमी तिनै आमा हौं मेरी आमा, अनी तिम्रो त्यो दु:खमा अझै धेरै दु:ख थप्न जन्मीएकी तेही छोरी हुँ म । हो म तेही बाबुकी छोरी हुँ, जसले जनताले उठाएको लेबीले नेताहरुले हिन्दी फ्लिम हेरे भनेर तत्कालीन मसाल पार्टीको पोलीटब्युरो बाट राजीनामा दिएको थिए । म तिनै बाउकी छोरी हुँ जसले सबैले नडाराई बोल्न र लेख्न पाउनुपर्छ भन्ने अधिकार माग्दामाग्दै  छातीमा गोली थापेर शहीद भएको थियो । मेरी आमा , जसले हामी नेपालीको गास बास र कपासको हकको सुरक्षाको लागी लड्न गोली ठोकेर मारीएका श्रीमानको रगत सुक्न नपाउदै आफ्ना नाबालक चार सन्तानलाई जनताको जिम्मामा छाडेर हिडेकी थिईन् । त्यस दिन देखी जलाएर खरानी भएको श्रीमानको खरानीलाई निधारमा टिका लगाएर हिडेकी मेरी आमा आजसंम्म  लगातार नेपाल र नेपालीको भबीष्य फेर्न भएका हरेक आन्दोलनको मोर्चामा अग्रपंन्तीमा त्यो चाउरीएको बुढो तर जोशीलो शरीर लिएर तपाई सबैको माझमा भेटीन्छीन् । उनले यो आन्दोलमा हिड्दा छोराछोरीको माया हराईन। उनीहरुको समीप्य गुमाईन । आमा बन्ने मौंका चुकाईन् । आमा, आज कती पनी धक् नमानी म तिम्रो कुरा गर्छु । बुबाको फोटो बोक्दा मानीसले कुरा काट्लानीकी भनेर लजाउने त्यो सानी केटी म आज कसैले के भन्लानकी नभनी भन्छु – तिमी, नेपाली राजनीतीको त्यो तारा हौं जसले ईमानदार भएरनी नेपालमा राजनीती गर्न सकीन्छ भन्ने सिक दिएकी छौं । आमा, तिम्रो उर्भर समय तिमीले हामीलाई हुर्काउन होईन देश अगी लगाउन वेथीत गरेउ तरनी म कसरी ट्वाल्ल परेर हेरम तिमीले नगरेको बैमानीको दाग लागेको । तैसैले तिम्रो संम्मान आज मैबाट सुरु गर्छु ।

संम्झन्छु त्यो कालो रात – जुनबेला तिमी बर्ष दिनमा एक दुई दिन मेरी आमा बनेर मलाई भेट्न ती जनताको झुपडीमा आउथेउ तर खाली हात । मेरो साना हातहरुले तिम्रो पोल्टो खोतल्थ्यो त्यो पोल्टोमा मेरो लागी केही कोशेली छकी भन्ने आसामा । तर त्यो पोल्टाोमा म पाउथे एक जोर कसैले दिएका आगं डाक्ने जरउरी तिम्रो लुग्गी चोलो, पार्टीको हसीया हटौंडाले रंगीन रसीद प्याड र हजारौं नगद रुपैया । पैसा देखेर म रुन्न्थे अनी बिलौंना गर्थे – तेत्रो पैसा भएरनी पिपलमाडी चकलेट नलाईदिएकोमा । म रुन्थे सुन्तला चकलेट खान नपाएकोमा। सायद त्यो बेला पिपलमाडी चकलेट एक रुपैयाको असीवटा आउथ्यो । सुन्तला चकलेट चारबटा । गुलकोज बिस्कुटको पुरीयालाई साहेद दुई रुपैया पचास पैसा पर्थहोला। आमा संम्झाउनु हुन्थो, छोरी यो जनताले पेट काटेर बुझाएको लेबी हो , यो पार्टीको संम्पतीहो भन्नुहुन्थ्यो । चकलेट र बिस्कुट नपाउँदा नरुऊ बरु जनताको मायाले पेटभरी भात खान पाएकोमा खुशी हुनुपर्छ भेन्दै मेरो र आफ्नो आँसु संगै पुछ्नुहुन्थ्यो । आमा, तिमी पहीलो पल्ट सासंद हुदा हाम्रो अबस्ता के थियो तै पनी तिमीले नेपाली राजनीतीको एउटा ढुलो दाग पजेरो सुविधा – सांसदले पाएको त्यो सुबीधा पनी नलीने घोसणा गरेकी थियौं तर तिम्रो त्यो सानो तर राम्रो काम कसैले देखेनन् बरु तिमी पनी तेही पजेरो बेचेर खाने सांसद भयौं । आज फेरी तिनै सासंद भयौं तिमी जो घर भएरनी घर भाडा लिएर खाने तिनीहरुले देखेनन् तिम्रो ईमानदारीता । उहीलै संसद सचीववालयमा गईगई उनीहरुले ( कर्मचारी) नै गरेको गल्ती सच्चाएर पैसा फिर्ता गरेको ।

छोरी, जोशीला
हाल-मेरील्यान्ड, अमेरीका

(यो चिठी जोशिलाको फेसबुकबाट लिइएको हो ।)

प्रतिक्रिया