भिडियो बनाउन सिक्ने चाहना भएका युवाहरुको निम्ति फिल्म मेकिंग तालिम l

इनेप्लिज २०७५ पुष २ गते ११:३३ मा प्रकाशित

विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवसीय फिल्म मेकिंग तालिमको संचालन हुन गइरहेको छ l

उक्त कार्यक्रमलाइ तिन चरणमा बिभाजन गरिएको छ l पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने छ l दोश्रो चरणमा सहभागीहरुलाइ चार समुहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने छ भने, अन्तमा सहभागीहरुले तयार गरेको सिनेमालाइ दर्शक माझ प्रस्तुत गरिने छ l

उक्त कार्यक्रममा सहभागी हुनको निम्ति इच्छुक आवेदकले आबेदन फर्म भर्नुपर्ने छ, जसको आधारमा २४ जना सहभागीहरुलाई तालिमको निम्ति छनौट गरिने छ l छनौटमा परेका सहभागीहरुले दर्ता शुल्क स्वरूप १९७५ रुपैया बुझाउनु पर्नेछ l फर्म भर्ने अन्तिम मिति यहि २०७५ पौष ५ गतेसम्म रहेको छ भने, कार्यक्रम इटहरीको युथ डेभलपमेन्ट सेन्टरमा २०७५ पौष १३ देखि १७ गतेसम्म संचालन हुनेछ l १८ बर्ष देखि २९ बर्षका युवाहरुले यस कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् l

उक्त कार्यक्रममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रसिक्षण दिइने कुराको जानकारी बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले दिनुभयो l

फर्म भर्ने लिंक:  http://bikalpaanalternative.org/apply-liberty-film-school-workshop-2018/

कार्यक्रम बारे थप जानकारीको लागि: http://bikalpaanalternative.org/liberty-film-making-workshop-2018/

 

प्रतिक्रिया