बेलायतले कसरी भारतबाट चारसय ५० खर्ब अमेरिकी डलर लुट्यो

यादवराज जोशी २०७५ पुष १ गते १२:२८ मा प्रकाशित

बेलायतमा एउटा कथा प्रचलनमा छ, भारतलाई उपनिवेश बनाएर बेलायतलाई कुनै फाईदा भएन, तर सम्भव भए सम्म भयंकर भयो । यो कुरा भारतमा प्रशासन चलउने विषयसंग सम्वन्धित छ । यसको अर्थ हो, बेलायतले धान्न सक्दासम्म भारतमा शासन चलायो ।

कोलम्बिया विश्वविद्यालयका अनुसन्धानदाता उत्सा पटनायकले गरेको हालै प्रकासित अध्ययनले फरक तथ्य सार्वजनिक गरेको छ । करिव दुई शताव्दी (१७६५ देखि १९३८) सम्म विभिन्न कर र व्यापारबाट बेलायतले चारसय ५० खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति स्वदेश लगेको देखाएको छ । यो सम्पत्ति सन् २०१७ को बेलायतको कुल ग्राहस्थ उत्पादनभन्दा १७ गुणा बढी हो ।

पटनायकको पुस्तकले कसरी ईस्ट ईण्डिया कम्पनीले भारतको शोषण गर्यो उल्लेख गरिएको छ । सन् १७६५ भन्दा अगाडि ईस्ट र्ईण्डिया कम्पनीले साधारण व्यापार गर्यो । भारतीयले उत्पादन गरेको कपडा र खाद्यान्न चाँदीका सिक्का दिएर किन्थ्यो । त्यसपछि स्थिती परिवर्तन भयो ।

सन् १७६५ मा सम्पूर्ण भारतीय उपमहाद्वीपमा पकड जमाएपछि ईस्ट ईण्डिया कम्पनीले भारतबाट उठाएको करको एक तिहाई रकम बेलायत पठाउन भरातीय समान किन्न थाल्यो । भारतबाट संकलन गरिएको करबाट भारतीय किसानबाट समान किनेर बेलायत पठाउने काम भयो । यसको अर्थ भारतीयको पैसाले नै भारतीयसंग समान किनेर बेलायत पठाईयो ।

यो एक प्रकारको चोरी हो, लेखकको दावी छ । यसरी चोरी गरिएको समान बेलायतमा खपत भयो र केही विदेश निर्यात गरियो । बेलायती औधोगिक क्रान्ति पनि भारतबाट चोरी गरिएको स्रोतमा आधारीत रहेको लेखकको दावी छ । भारतबाट चोरी गरिएको स्रोत साधनलाई बेलायतले अन्य स्थानमा बेचेर सातप्रतिसतसम्म नाफा पनि लियो ।

सन् १८४७ मा बेलायतले भारतमा ईस्ट ईण्डिया कम्पनीको एकाधिकार तोड्यो । भारतीय व्यवसायिक फर्मले नि विदेश निर्यात गर्न सक्ने भए । तर, त्यसरी निर्यात गरिएको वस्तुको भुक्तानी लण्डनमै हुनु पर्ने नियम बनाईयो । यसबाट बेलायतले निर्यातबाट प्रत्यक्ष कर पाउने भयो ।

भारतबाट कसैले कुनै बस्तु किन्न चाहेमा उसले बेलायत सरकारबाट सुन दिएर विशेष अनुमति लिनु पर्थ्यो। बेलायतले भारतीय निर्यातकर्तालाई नोट र चाँदीको पैसा दिन्थ्यो । यसबाट पनि बेलायतले प्रसस्त पैसा पाउथ्यो ।

यसैगरी, बेलायतले भारतीय भुमीबाहिर एशियामा भएका सबै युद्धमा भारतको भातरबाटै कर संकलन गरी युद्धमा खर्च गरियो । जस्तै सन् १८४० को चीन युद्ध । यस्तै सन् १८५७ मा भारतमै भएको बिद्रोह दबाउन पनि भारतीयबाटै असुल गरिएको कर प्रयोग गरियो । बेलायतीलाई अस्ट्रेलीया र क्यानडामा बसोबास गराउन पूर्ण वा आंशीकरुपमा भारतीय पैसा प्रयोग भयो ।

भारतीय भुखमरीमा पर्दा समेत बेलायतले खानेकुराको बन्दोवस्त नगरेर केवल करमा मात्र ध्यान दिएको आरोप पनि लेखकले उल्लेख गरेका छन् । यो नीतिगत कमजोरी थियो । भारतलाई अधिक शोषण गरेको फलस्वरुप सन् १९औं शताव्दीमा भारतीय आयुमा समेत कमी आएको थियो । जीवनस्तर खस्केको थियो ।

भारतका बेलायती उपनिवेश हुदाँ सन् १९६५ देखि १९३८ सम्म चारसय ५० खर्ब अमेरिकी डलरभन्दा बढी पूँजी बेलायतले लुटेर लगेको लेखकको दावी छ ।

 

प्रतिक्रिया