आइतबार, माघ ६ २०७५
काठमाडौं ००:३२
वासिङटन डिसी 13:47

अमेरिकामा हवाईजहाज भित्र निदाएकी महिलालाई “यौन उत्पीडन” गर्ने भारतीय मानिसलाई ९ बर्षको कैद सजाय

इनेप्लिज २०७५ पुष १ गते ३:३१ मा प्रकाशित

अमेरिकामा हवाईजहाज भित्र निदाएकी महिलालाई “यौन उत्पीडन” गर्ने भारतीय मानिसलाई ९ बर्षको कैद सजाय अदालतले सुनाएको छ । प्रभु रामामुर्ति नामक ३४ बर्षिय मानिसलाई उडीरहेको हवाई जहाजमा आफ्नो बसाई (सिट)छेउ मै सुति रहेकी महिलालाई “यौन उत्पीडन” गर्दा ९ बर्षको कारागारको सजाय पाएका छन् ।

साथै उक्त स्थान छेउ मै आफ्नै पत्नी पनि उनको साथमा हवाई यात्रा संगै गरेकी थिइन् । उक्त घटना गत जनवरी महिनामा रातिको समयमा घटेको थियो । भारतीय रामामुर्ति केवल ३ बर्ष अगाडी मात्र सन् २०१५ मा अमेरिका आएका थिए । यात्राको क्रममा पिडित २३ बर्षिय महिलाले जव उनि उठिन तव उक्त आरोपीको हात आफ्नो शरीरमा ल्याएको अदालतमा बयान दिएकी थिइन् ।

उनले आफु सुतेको समयमा यौन आक्रमण गरेको बताएकी थिइन् । पिडित महिलाले यौन हमला गर्दा डर या आश्चर्यले हल न चल गर्न नसकेको अनुभूति गरेको बयान दिएकी थिइन् । फैसला हुने दिन उनि आफ्नो प्रेमी संग अदालत आएकी थिइन् भने उनका अधिवक्ताले हवाई जहाजमा सबैले सुरक्षित तथा निर्धक्क भएर यात्रा गर्न अधिकार छ भन्ने तर्क पेश गरेका थिए ।

मुद्धा दायर गर्ने वादीले प्रभु रामामुर्तिले ११ बर्ष को सजाय पाउने माँग न्यायधिस संग मागेका थिए भने प्रभुका वकिल जेम्स एम्बर्गले कैद सजाय १० बर्ष भन्दा मुनि हुनु पर्छ भन्ने माग राखेका थिए । सन् २०१५ मा आएका रामामुर्ती आफ्नी पत्नी साथ मिचिगनको डेट्रोवेट बस्थे । रामामुर्ति आफ्नी पत्नी संग स्पिरिट विमानसेवामा चढेर लस भेगास बाट डेट्रोएट ग्रान्ड क्यानयोन घुमघाम गरेर फर्केका थिए ।

न्यायाधिसले रामामुर्तिले कैद सजाय भोगे देश निकाला गरि भारत फर्काउन भनेका छन । तर रामामुर्तीका वकिलले न्यायाधिसलाई भारत लखेटीएमा यसको परिणाम उनि र उनकी पत्नीलाई समेत गम्भीर परिणाम आउने बताएका थिए ।

समाचार ,याहु डटकम न्युज ,

तस्विर स्रोत :वाइनि काउन्टी शेरिफ कार्यालय

प्रतिक्रिया