डीसी महानगरमा अत्यधिक वर्षा ,तोडियो १ सय बर्ष अगाडीको किर्तिमान
अमेरिकाको डीसी महानगर क्षेत्रमा अत्यधिक वर्षा हुनुको साथै १ सय २९ बर्ष अगाडी भएको अभिलेख तोडिएको छ । डीसी महानगरलाई आधिकारिक रुपमा सन् २०१८ मा सर्वाधिक पानी परेको भनि सामाजिक संजाल मार्फत जानकारी गराएको छ । यो अभिलेख आज शनिबार बिहान ६:२६ मिनेट जाँदा तोडिएको हो भने भोलि सम्म निरन्तर वर्षा हुने मौषम बिभागले जनाएको छ ।
अमेरिकाको नेसनल वेदर सर्विस अर्थात् राष्ट्रिय मौशम सेवाका अनुसार डीसी स्थित अन्तर्राष्ट्रिय रेगन विमानस्थलमा आज ठिक बिहान ६;२६ मिनेट शनिबार सम्म यस बर्ष ६१. ३४ इन्च वर्षा भएको जनाएको छ ।
सन् १८८९ अर्थात् १ सय २९ बर्ष अगाडी ६१.३३ इन्च पानी परेको अभिलेख (रेकर्ड) गरेको थियो । उक्त अभिलेख राख्दै गत डिसेम्बर १४ शुक्रबारका दिन देखि नै झरी परेको भोलि आइतबार सम्म पर्ने जनाएको छ । करिव २ इञ्च पानी थुप्रिने जनाएको छ ।
साथै यस भेकमा बसोबास गर्ने बासिन्दाहरुलाई पानीको कारण सावधानी अपनाउन समेत सचेत गराएको छ । सन् २००३ मा डीसी महानगर क्षेत्रमा ५० इन्च वर्षा भएको थियो त्यो बर्षमा करिव ६०.८३ इञ्च वर्षा भएको थियो ।
यस बर्षमा डीसीले दैनिक रुपमा किर्तिमान तोड्दै आएको छ । गत जुलाई २१ मा राष्ट्रिय मौशम सेवाले ४.६४ इन्च को वर्षा भएको अभिलेख राखेको थियो । जुन गत बर्ष सन् २०१७ को भन्दा दोब्बर रहेको जनाएको छ । जुन सन् १९११ मा २.५६ इन्च वर्षा भएको जनाएको छ ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया