अमेरिकामा अस्वस्थ र जागिर जाँदा ३० बर्षे घर किस्ताको झल्झली किन याद आउछ ?
अमेरिकामा ३० बर्षे किस्ता तिर्न नसक्दा लाखौं परिवार घर न घाटका हुन्छन । यस्तो हुने थुप्रै कारणहरु छन् । थोरै रकमले छोप लाग्दैन । ३ दशक सम्म तिर्नु पर्ने हुन्छ । त्यसैले अमेरिकामा मानिस स्थाई जागिर खोज्दछन । र सबै भन्दा स्वास्थ्य प्रति निकै सतर्क हुन्छन । जागिर र अस्वस्थ भएमा जहाज डुब्दछ । अर्थात् जागिर गएमा यदि घर किनेको छ भने किस्ता तर्नु पर्ने भएकोले सबै भन्दा पहिला ३० बर्षे किस्ताको याद आउछ । किनभने जसरी भए पनि नतिरी सुखै हुदैन । पानी मुनि गए पनि यो ३० बर्षे किस्ताले छोड्दैन ।
यसै गरि पटक पटक अस्वस्थ भएमा झन् ३० बर्षे ओ झल्झली याद आउछ । अमेरिकामा यी दुई मुख्यलाई ध्यान दिन सक्यो भने मानिस सुखले जिउन सक्छ । अमेरिका आई पुगेका छौ भने स्वास्थ्य हुन् जान्नु पर्छ । स्वास्थ्यको कुरामा खेलवाड गर्नु हुन्न ।
स्मरण रहोस ,सन् २००७ देखि २०१४ सम्म अमेरिका आर्थिक मन्दीको प्रभावमा पर्यो । अमेरिकामा अहिलेसम्म कै सबैभन्दा ठूलो आर्थिकमन्दी प्रथम बिश्वयुद्ध पछि हुन् पुग्यो । तत्कालिन समयमा झन्डै सबै उद्योग उत्पादन बन्द हुनुको साथै निर्माण पनि ठप्प भएको थियो । आर्थिक मन्दी भएमा जागिर पनि पाइदैन र जागिर पनि खुल्दैन । अनि किनी सकेको घर को किस्ता नियमित तिर्ने पर्ने हुन्छ बाकि गर्न पाइदैन ।
प्रथम बिश्व युद्ध को समयमा यतिसम्म कि ८९ प्रतिशत शेयर बजार पतन हुन पुग्यो । १९३२ सम्ममा अमेरिकामा बेरोजगारी दर झन्डै २० प्रतिशत हुन पुगेकाले लाखौं मानिस ३० बर्षे किस्ता तिर्न नसक्ने भएपछि सुकुम्बासी हुन बाध्य भए । अमेरिकाका अर्थशास्त्री डेविड सी ह्वीलकको प्रतिवेदन अनुसार सन् १९३३ मा डरलाग्दो आर्थिक संकटमा हरेक दिन १ हजार घर बैंकले कब्जा गर्ने भनि सिफारिस गरेका थिए ।
तर अहिले अमेरिकाको आर्थिक स्थिति बलियो छ । बेरोजगार दर केवल ३.७ प्रतिसत रहेको छ जुन ५० बर्ष को सबै भन्दा न्युनतम रहेको छ । अमेरिकामा आर्थिक मन्दीमा एक सर्वेक्षण अनुसार २००६ देखि २०१४ सम्म झन्डै ९० लाखभन्दा ज्यादा घरधनी आफूले भोगचलन गर्दै आएको घर बेच्न र बैंकसामू आत्मसमर्पण गर्न बाध्य भएको देखाएको थियो । झन्डै ९ बर्षको अवधिमा अमेरिकाको तीस बर्षे घर किस्ता नतिर्दा ९० लाख घरधनि घरधनीबाट सुकुम्बासी झैं हुन बाध्य भएका छन् ।
एटम डटकमको तथ्यांकअनुसार २०१७ मा ६ लाख ७६ हजार ५ सय ३५ घर ग्राहकले घर गुमाएको आकडा निकालेको छ । जुन २०१६ को तुलनामा २७ प्रतिसत कम रहेको छ । तथ्यांकले स्पष्ट के देखाएको छ भने अमेरिकामा जागिरको कहिल्यै भर हुँदैन । विभिन्न कारणबाट जागिर जान्छ । जागिर खान पनि स्वस्थ हुनु पर्छ । जीवनमा सबै भन्दा ठुलो पहिलो स्वास्थ्य ,दोश्रो परिवार र तेश्रो जागिर हुन्छ ।
स्मरण रहोस ,अन्य चिजले छाडे पनि यो ३० बर्षे ऋणले कहिले नछाड्ने भएकाले मानिसलाई ३० बर्षे किस्ताबन्दी कहिलेकाही घाडो हुन्छ । ३० बर्षे किस्ताले मिनाहा गर्न जान्दैन । अमेरिकाको जनसंख्या झन्डै ३२ करोड ५७ लाख छ भने १९६०-२०१७ को एक आँकडाअनुसार अमेरिकामा १ सय २६ करोड परिवार छन् । यत्रो भवसागरमा ३० बर्षे किस्ताबन्दिले कैयौं परिवार घर न घाट बन्ने अवस्था पनि हुन्छ ।
गत बर्ष मार्च २०१७ मा मात्र ८३ हजार १ सय ४५ घर बैंकले कब्जा गरेको थियो । सबै भन्दा यसरी घर फोरक्लोजर अर्थात् बैंकले घर लिने राज्यहरुमा सबै भन्दा ज्यादा नर्थ क्यारोलाइना ,फ्लोरिडा ,ओहायो ,कनेक्टिकट ,साउथ क्यारोलाइना ,इलिनोई ,डेलावेयर ,नेभाडा,मेरिल्याण्ड र न्यु जर्सी रहेका छन् ।
अमेरिकामा घर धनि आर्थिकरुपले टाट पल्टी आफ्नो भोगचलनका घर बाध्य भै बैंकले किन कब्जा गर्छ त ? यसका ५ कारणहरु छन् । त्यस मध्ये अस्वस्थ्य र जागिर पर्दछन ।
१. अस्वस्थ
अमेरिकामा काम गर्ने शैली फरक हुन्छ । काममा दायाँ-बायाँ तथा छलकपट गर्न असम्भव हुन्छ । अमेरिकामा काम गर्ने मानिस स्वस्थ हुनु पर्छ । स्वास्थ्यमा निकै संबेदनशील हुनुपर्छ । कमाउने मानिस थला परे अमेरिकामा जहाज डुब्ने पक्का हुन्छ । हरदम बिमारी मात्र भए काम सक्दैनन् ।
काम गरेन भने पैसा कमाइँदैन । किनभने अमेरिकामा लाखौं लाख मानिसले वीमा गरेका हुँदैनन् । जसको कारण झन् बिमारी साह्रो हुँदै जान्छन् । मानिस बिमारी छ भने चिकित्सक, अस्पताल तथा अन्य उपचारको रकम बढ्दै जान्छ जसको कारण आफूले संचित गरेको सबै रकम सकिन्छ । अनि ३० बर्षे घर किस्ता तिर्न नसकी आत्मसमर्पण गर्दछन् ।
२. सम्बन्ध बिच्छेद
अमेरिकामा सम्बन्ध बिच्छेद ज्यादा हुन्छ । तर यता एक दशक देखि घट्दो अवस्थामा छ । हाल अमेरिकामा १ हजार बिबाहित महिलामा १६.९ प्रतिसत सम्बन्ध बिच्छेद रहेको तथ्यांकले देखाएको छ । अमेरिकामा सम्बन्ध बिच्छेद पुरुषलेभन्दा महिलाले ज्यादा अदालतमा दर्ता गराउँदछन् । यो यति आर्थिक क्षति हुन्छ जसको कारण बर्षौंदेखि जन्मौजन्मको साथ दिने बाचा गरेकाहरु माथि ठूलो घात र प्रतिघात हुनेगर्छ ।
अनि धनको नास हुन्छ । सम्बन्ध बिच्छेदको कारण मानिसमा शारीरिक, भावनात्मक तथा आर्थिक तनाव हुन्छ । सम्बन्ध बिच्छेदमा जोडीले एक अर्कामा पैसाको कारोबार खुलेर नराख्ने हुनाले ठूलो कलह हुन्छ । धेरै सम्झौता गर्नुपर्ने हुन्छ ।
टाट पल्टिने हुनाले त्यसको असर दुबैमा पर्ने हुनाले घरको किस्ता तिर्न नसकी घर लिलाम हुन्छ । दुबैले मिलाएर तिर्ने रकम झगडा भएपछि किस्ताबन्दी रोकिन्छ अनि घरधनी सुकुम्बासी बन्छ ।
३. जागिर
भै रहेको जागिर गयो भने आउने स्रोत बन्द हुन्छ । अस्थाई रुपमा कमाई आएन भने फरक नपर्ला तर लामो समय सम्म जागिर भएन भनि जीवन धान्न कठिन हुन्छ । यस संग पनि स्वास्थ्य पनि जोडिएको हुन्छ । जहिले पनि बिरामी भै रहने या निको नहुने रोग लागेमा निकै समस्या हुने हुन्छ । मानिसलाई थला पर्ने या क्यान्सर ( अबुर्द ) रोग जस्ताले च्यापो भने खर्च धान्न मुस्किल पर्दछ ।
कमजोर आर्थिक स्थिति हुँदा ऋण बढ्दै जाने गर्दा घरको ३० बर्षे ऋण तिर्न नसक्ने भएपछि बाध्य भै घर लैजाऊ भनि आत्मसमर्पण बाहेक अन्य कुनै विकल्प हुँदैन । यसरी अमेरिकामा घर बैंकले कब्जा गर्दछ । आफ्नो घर बैंकलाई लानु भन्नु पर्ने हुन्छ ।
४. मृत्यु
पति पत्नीमध्ये एकजनाको मृत्यु भएमा पनि लाखौं पर्ने घर बैंकलाई बुझाउनु पर्ने बाध्य भएको तथ्यांकले देखाएको छ । कमाएर खुवाउने मानिस जीवित नहुँदा ज्यादा मानसिक र भावनात्मक रुपमा क्षतविक्षत हुने भएकाले किस्ता तिर्न सक्दैनन् ।
५. कानुनी मुद्दा
अमेरिकामा जे कुरामा पनि मुद्दा हाल्ने प्रचलन छ । मुद्दा दायर गर्दा खुसी हुने अमेरिकी समाज पनि एकतिर छ । मुद्दामा फस्यो भने आफूले जीवनभर कमाएको रकम तिर्दा-तिर्दा संचित रकम रितिन्छ । बाध्य भै मुद्रा तिर्नैपर्छ । यो रकम यति ठूलो हुन्छ कि आफूले जोरजाम गरेको सबै रकम कानुनी झन्झटमा लगानी हुन्छ । लामो समयसम्म कानुनी लडाईं भएमा आर्थिकरुपले थाम्न सक्दैन अनि ३० बर्षे घरको किस्ताबन्दी तिर्न नसकी छोड्नुपर्ने बाध्यता हुन्छ ।
अमेरिकामा हुने सबैले मुख्य रुपमा आफु कसरी स्वस्थ हुने र कसरी जागीर नजाने बातावरण निर्माण गर्नु पर्ने हुन्छ । यसो गरेमा अमेरिका हाम्रो घर पनि लिलाम हुदैन । बैंकले पनि लादैन । साथै स्वस्थ पनि राम्रो भएमा कहिले पनि ३० बर्षे किस्ताको झल्झली आउने छैन ।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया