माया जितें ताज जितिनँ, उत्कृष्ट ५ मा नपर्दा धेरै जना रोए । (भिडियोसहित)

इनेप्लिज २०७५ मंसिर २९ गते १:१९ मा प्रकाशित

मिस वल्ड प्रतियोगिता को अन्तिम राउण्ड बाट आउट भएकी शृङ्खला खतिवडाले आज एक पत्रकार सम्मेलन को आयोजना गर्दै आफुलाई माया गर्ने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बैनी र कार्यक्रम स्पन्सरसबै प्रती आभार ब्यक्त गर्दै आफ्ना अनुभव र अनुभुतीहरु सार्बजनिक गरेकी छन ।

आफ्नो पराजय प्रती अलिकती पनि निरास नदेखिएकी शृङ्खलाले ,आफुले हारे पनि नेपालको परिचय फरक तरिकाले चिनाउन सफल भएको ले त्यो&न्ब्स्प्; ठूलो सफलतामा नै आफुलाइ गौरब रहेको र सबै आफ्ना समर्थक शुभ चिन्तक नेपालीदाजु भाइ दिदी बैनीहरुले पनि त्यसैलाई गौरबको रुपमा लिनुहुने छ भन्ने बिस्वास ब्यक्त गरेकी छ्न । आफुले मिस वल्ड को आगामी प्रतियोगिताका निम्ति विश्व जगत दामु नेपालको उपस्थिती नेपालका निम्ति नयाँ आयामको सुरुवात भएको उल्लेख गर्दै कताकती यो प्रतियोगिता प्रती बिरोधको स्वर आइरहेको छ नि भन्ने पत्रकार को जिज्ञासालाई प्रतिउत्तर दिदै मिस प्रतियोगिता को बिरोध भएको आफुलाई जानकारी नभएको तर छिट फुट रुपमा कसैले गरिरहेको भए त्यो सागुरो अर्थमा बुझ्नु को परिणाम भएको बताएकी छिन ।

आफुले मिस वल्ड प्रतियोगिता प्रोजेक्ट अन्तरगतकै सामाजिक कामहरु मध्ये चेपाङ समुदायलाई लक्षीत गरि सुरुगरिएको स्वास्थ्य चौकी निर्माण को काम भै रहेको अवगत गराउदै उक्त स्वास्थ्य चौकी निर्माण सम्पन्न गर्नु पहिलो काम रहेको समेत बताइन । आगामी दिन चाडै कर्णाली छेत्रको विशेष भ्रमण गर्ने सोछ बनाएकी शृङ्खलाले दुर्गम छेत्रका जनसमुदायका लागि आफुले सकेको सामाजिक सेवाकालागि सधै अग्रसर रहने प्रतिबद्धता समेत ब्यक्त गरिन ।प्राय मिस नेपाल वा मिस वर्ल्डहरु प्रतियोगिता पछि फिल्मी छेत्रमा प्रवेश गरेको पाइन्छ के तपाइँ पनि फिल्म छेत्रमा प्रवेश गर्नु हुन्छ भन्ने पत्रकार को जिज्ञासामा उन्ले फिल्म छेत्र आफ्नो रुचिको विषय नभएको ले फिल्म छेत्रमा लाग्ने आफ्नो सम्भावना नरहेको बताएकी छ्न । उनलाइ सोधिएको अर्को प्रस्न के तपाई राजनितीमा आउनु हुन्छ ? भन्ने प्रस्नमा उनले सकारात्मक जवाफ दिएकी छ्न ।

बहुआयामिक ब्यक्तित्वकी धनी शृङ्खलामा देखिएको आत्मबिस्वास सहित को बौदिकताले नेपाली समाजले एक विशिष्ट प्रतिभा प्राप्त गरेको प्रती धेरै नेपालीले गौरबको रुपमा समेत लिदै आएका छ्न ।

प्रतिक्रिया