सोमबार, असार २ २०७६
काठमाडौं १७:२५
वासिङटन डिसी 07:40

अमेरिकामा यलम्बर साँझ मनाईने

सुरेश चाम्लिङ्ग ,न्युहेम्पशायर २०७५ मंसिर २९ गते ०:४५ मा प्रकाशित

युनाईटेड किरात अर्गनाईजेसन अफ अमेरिका न्यू ईङगलैण्ड च्याप्टरको आयोजनामा यहि डिसेम्बर २२,२०१८ का दिन न्यु हेम्प्शायर राज्यको म्यानचेस्टरमा यलम्बर साँझको कार्यक्रम हुने भएको छ । प्रकृतिपूजक किरात राईहरूको महान चाडहरू उभौली र उधौली साकेला भूमी पुजा वार्षिक रुपमा दुइ पटक गरिने र मंसिरे पूर्णे अन्तर्गत पर्ने यस उधौली साकेलाको अवसरमा यो कार्यक्रम गरिने भएको छ ।

वैशाखे पूर्णिमा अन्तर्गतको उभौली साकेला भूमी पूजामा प्राकृतिक प्रकोप र रोगब्याधीले नसताओस् ।खेतीपाती राम्ररी सप्रियोस् भनी प्राकृतिक शक्तिको लागी भूमी पूजागरी पितृहरूको आशिर्वाद माग्दै,साकेला नाचीने गरिन्छ। यस उधौली साकेला भूमिपुजामा उक्त वर्षाको समयमा लगाईएको अन्नबाली सकुसल भित्र्याउन सफल भईएको,प्राकृतिक प्रकोप र रोगब्याधीहरू नलागी बाली सप्रेको भनी पूनः उनै प्रकृती (भूमी) र सिप्तुलुङ्गमा बिराजमान पितृहरूप्रति कृतज्ञ हुदै उधौली साकेला भूमीपूजा श्रध्दा पूर्वक मनाउने गरिएको छ ।

यो “उधौली साकेला भूमिपूजा” र किरात बंशका प्रथम राजा तथा किरात येलेदोङ्ग संम्बतका प्रबर्तक यलम्बरको स्मृतिमा स्थापित यलेदोङ्ग सम्बत वर्ष-५०७८ को शुभअवसरमा “यलम्वर साँस्कृतिक साँझ” मनाइने भएको छ । न्यू ईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईका अनुसार यलम्बर जन्मजयन्ती र उधौली लाई एकिकृत रूपमा आयोजना गरी,एक आपसमा शुभकामना आदान-प्रदान गर्दै भब्यरूपमा साँस्कृतिक कार्यक्रम समेत गर्ने कार्यक्रम रहेको छ ।

उहाले सम्पूर्ण न्यू ईङ्लैण्डबासी नेपाली दाजुभाई,दिदीबहिनीहरू तथा बिभिन्न संघ/संस्थाहरूहरुको अतिरिक्त न्यु हेम्प्शायर राज्यको गभर्नर क्रिस सुनुनु ,सिनेटर लो डी अल्सनड्रो,र स्थानीय कांग्रेस म्यान हरु समेतलाई निमन्त्रणा गरिएको कुरा बताउनु भएको छ । उहाले सदा झैं यस पटक पनि सबै महानुभाव हरुको सहयोग,सदभाव र न्यानो मायाको अपेक्षा गरिएको कुरा बताउनु भएको छ ।

 

प्रतिक्रिया