सोमबार, असार २ २०७६
काठमाडौं १७:२०
वासिङटन डिसी 07:35

फेसबुकमा बगः ६८ लाखको फोटो चोरियो

यादवराज जोशी २०७५ मंसिर २८ गते २३:१६ मा प्रकाशित

फेसबुकमा देखिएको बग (प्राविधिक त्रुटी) का कारण ६८ लाख प्रयोगकर्ताको सेयर नगिए फोटोहरु चोरी भएको फेसबुकले जनाएको शुक्रबार जनाएको छ । तेस्रो पक्षले तयार गरेको एक सफ्टवेयरका कारण अपलोड गरिएका तर सेयर नगरिएका तस्वीरहरु चोरिएको फेसबुकका इन्जिनियरिड. निर्देशक टोमर बारले जनाएका छन् ।

गत सेप्टेम्बरको १२ दिनसम्म अपलोड गरिएका तर सेयर नगरिएका तस्वीर सबैको पहुँचमा पुगेका हुन । हामीले बगको प्रभाव थाहा पायौ, यसको गहिराईमा अध्ययन गर्दै छौ, सिएनएन बिजनेससंग कुरा गर्दै उनले भने ।

बगका कारण १५ सय एप्सबाट ति फोटोमा पहुँच बनेको थियो । ति एप्स आठसय ७६ डेभलोपरले बनाएका हुन । हामी यसको अध्ययन गर्दै छौ, बारले भने

प्रतिक्रिया