अष्ट्रेलियामा थारू समुदायको नयाँ वर्ष भब्य हुने
इनेप्लिज
२०७५ मंसिर २८ गते २२:१४ मा प्रकाशित
थारू समुदायको नयाँ वर्ष माघी अष्ट्रेलियाको सिडनीमा पहिलोपटक विभिन्न कार्यक्रमसहित मनाइँदैछ। थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए।
उनका अनुसार माघ १ गते अर्थात् जनवरी १५ तारिख मंगलबार सिड्नीको टेम्पो पार्कमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम आयोजना हुनेछ।
कार्यक्रममा थारु साँस्कृति नृत्यसहित थारु खानाका परिकार राखिनेछ। थारुका अलवा अन्य समुदायको पनि कार्यक्रममा सहभागिता रहने चौधरीले जानकारी दिए।
सिड्नीबाहेक अन्य राज्यमा बस्ने थारुहरु पनि कार्यक्रममा सहभागी हुनसक्ने बताइएको छ। त्यसका लागि थारु सोसाइटी अष्ट्रेलियाका अध्यक्ष दीपनारायण चौधरीलाई 0411688798 र पब्लिक अफिसर अरुण चौधरीलाई 0401435959 नम्बरमा सम्पर्क गर्न सकिन्छ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया