ट्रम्प र कोहेन बीच दन्त बझान
यौनकर्मी र पूर्व प्लेबोय मोडललाई पैसा दिएर चुप लगाएका लगायतका मुद्दाको फैसलापछि राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका पूर्व वकिल माईकल कोहेनबीच दंन्त बझान सुरु भएको छ । कोहेनलाई लागेको मुद्दामा २०१६ को राष्ट्रपतीय निर्वाचन कोष संकलनमा वित्त कानुन उलंघन पनि छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माईकल डि कोहेनलाई न्यूयोर्कको अदालतले बुधबार तीन वर्ष जेल सजाय सुनाएको थियो । न्यायधिस विलियम एच पाउलीले उक्त सजाय सुनाएका हुन ।पोर्न स्टार र पूर्व प्लेबोय मोडललाई वकिल कोहेन माथि पैसा दिएर चुप लगाएको र सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा रुसी हस्तछेपमा भुमिका रहेको अभियोगमा बेग्लाबेग्लै मुद्दा दायर गरिएको थियो ।
मुद्दा फैसला भएकै दिन ट्विट गर्दै राष्ट्रपति ट्रम्पले आफुले कहिल्यै कानुन विपरित काम गर्न नभनेको बताएका थिए । उनी वकिल हुन, उनलाई कानुन नीतिनियम बारे थाहा हुनुपर्छ, ट्रम्पले ट्विट गर्दै भनेका थिए । त्यसपछि ट्विटको शृंखला नै चलेको थियो । मैले कहिल्यै नीति नियम विपरित काम गर्न भनिन्, भन्दै ट्रम्पले अर्को ट्विट गरे ।
त्यसपछि ट्रम्पको प्रीय टेलिभिजन च्यानल फ्क्स न्यूजसंगको कुराकानीमा उनले यौनकर्मी र पूर्व प्लेबोय मोडलको विवाद साम्य पार्न आफुले भनेको तर कुनै गैरकानुनी काम गर्न आदेश नदिएको बताएका थिए । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको कोष संकलनमा पनि आफुले कुनै हस्तक्षेप नगरेको ट्रम्पले बताएका थिए । ट्रम्पले कानुन र नीतिनियम उलंघन गरेर कोहेन मात्र दोषी भएको देखाएका थिए ।
मुद्दाको फैसलापछि शुक्रबार एबिसी न्यूजसंग कुरा गर्दै ट्रम्पका पूर्व वकिल कोहेनले वित्तिय अनियमितता र यौनकर्मीलाई चुप राख्न पैसा दिने सबै विषय ट्रम्पलाई थाहा भएको बताएका छन् । उहाँ (ट्रम्प)लाई सबै थाहा थियो, कोहेनले भने, निर्वाचनमा असर पर्छ भनेर सबै निर्णय लिइएको हो ।
मुद्दाको फैसलाको जिम्मेवारी मैले लिए, संसारको अगाडि म उभिए, उनले भने । के राष्ट्रपति ट्रम्पलाई सबै कुरा थाहा थियो भन्ने एबिसी न्यूजको प्रस्नको उत्तरमा उनले भने, अवश्य थियो, सबै चुनाव अभियानमा सहयोग पुगोस भनेर गरिएको हो ।
राष्ट्रपति ट्रम्पलाई विश्वास गर्नु आफ्नो गल्ती भएको बताए, म त्यो व्यक्तिप्रति निष्ठावान भए जो निष्ठाको लागि उपयुक्त थिएन ।
स्रोतः एबिसी न्यूज, सिएनएन, वासिड.टन पोष्ट र एजेन्सीहरु
फोटोः सिएनएन
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया