ताजा समाचार : जर्जियामा गोलि प्रहारबाट प्रहरीको मृत्यु
ताजा जानकारी अनुसार एटलान्टाको डेकाल्ब काउन्टीका प्रहरी अधिकृत मारिएका छन् । उनि सडकमा कर्तब्य पालन गरि रहेको समयमा उनि माथि गोलि प्रहार भएको हो । बिहिबार दिउसोको समयमा सवारी साधनहरु रोक्ने क्रममा उनका साथमा अर्का अधिकृत पनि रहेको समयमा उक्त घटना घटेको हो ।
उक्त घटना प्रहरी प्रवक्ताका अनुसार क्यानडलर तथा टिल्सन सडकमा बन्दुक चलाएको बताएका छन् । प्रहरीले छड्के जांचमा सवारी साधनका चालकलाई रोकेर बाहिर निकालेका थिए । भाग्ने क्रममा प्रहरी के-९ माथि गोलि चलाइएको थियो ।
स्रोतका अनुसार उक्त प्रहरी अधिकृतको टाउको पछाडी र के-९ प्रहरी अधिकारीको घांटीमा चोटपटक लागेको थियो । घाइते प्रहरी अधिकारीलाई ग्रेडी मेमोरिएल अस्पतालमा भर्ना गरिएको थियो भने के-९ प्रहरी अधिकारीलाई अर्को आकस्मिक अस्पतालमा लगिएको थियो । उक्त समयमा दुवैको स्थिति निकै गम्भीर रहेको थियो ।
प्रहरी अधिकृत जसको नाम अझ पनि सार्बजनिक गरिएको थिएन ,पछाडी निधन भएको थियो । यसै गरि बन्दुकधारीको नाम अझ पनि सार्बजनिक भएको छैन ।
डेकाल्ब काउन्टी प्रहरी बिभागका अनुसार सामाजिक संजाल ट्वीटर मार्फत २ बर्ष भन्दा अगाडी मात्र प्रहरी सेवामा कार्यरत प्रहरीको निधन भएको जानकारी गराएको छ | पछिल्लो जानकारी अनुसार संदिग्ध व्यक्ति पनि मारिएको समाचार फक्स न्युजमा समाचार छ ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया