शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २२:२२
वासिङटन डिसी 12:37

नासामा सुशील नेपाल पुनर्बहाली

विजय थापा २०७५ मंसिर २८ गते १:३९ मा प्रकाशित

अमेरिकाको दक्षिण पूर्व राज्यमा स्थापित पुरानो तथा स्थापित गैर मुनाफा सामाजिक संस्था नेप्लिज एसोसिएसन इन साउथ ईस्ट (नासा )मा सँस्थामा सुशील नेपाल पुनर्बहाली भएका छन् । उनलाई संस्थाको कार्यकारी समितिले पुनर्वहाली गरेको जानकारी छापा बिज्ञप्ति द्वारा जनाएको छ ।

आफ्ना पदाधिकारी तथा समुहलाई बिधुतिय डाक (इमेल )मार्फत जानकारी गराउनुको साथै आफ्नो संस्थाको आधिकारिक संजाल ( वेबसाइट)मा सूचना प्रकाशित समेत गरेको छ ।

उनलाई उक्त बिज्ञप्ति अनुसार नेपाललाई मतदान द्वारा पुनर्वहाली गर्दै सदस्यता प्रदान गरिएको छ । सदस्यता प्राप्त गर्न साथ उनि तत्कालिन समयमा बिजयी भएको पद कार्यकारी उपाध्यक्षमा आएका छन् ।

साथै उनि माथि यौन दुर्व्यबहार गरेको आरोप आए पछि यसले संस्थाको छविमा आँच लाग्ने भन्दै समितिले बहुमतद्वारा उनलाई उक्त पद बाट बर्खास्त गरेको थियो ।

उनलाई हटाईए पछि उनले संस्था बिरुद्ध अदालतमा मुद्धा हालेका थिए । र अन्तत्वगत्वा उनि पुनर्वहाली भए पछि उनले उक्त मुद्धा रद्ध गरेका छन् । संस्थाको हितको लागि भएका मत मतान्तरलाई समाप्त गर्ने बिषयमा नेपाल र कार्यकारी समिति बीच सम्झौता भएको छ ।

यस बिषयमा नेपाल या कार्यकारी समितिले कुनै पनि संचार गर्ने छैन भनि उक्त छापा बिज्ञप्तिमा जनाइएको र आधिकारिक संजालमा अग्र पृष्ठमा प्रकाशित समेत भएको छ । उक्त छापा बिज्ञप्ति माधव ढकाल अध्यक्ष तथा कृष्ण श्रेष्ठ महासचिवले गत डिसेम्बर १२ का दिन जारी गरेका हुन्

प्रतिक्रिया