अमेरिकामा सुपर सोनिक अन्तरिक्षयानको सफलतापूर्वक परीक्षण,अन्तरिक्षमा जान चाहने पर्यटकहरुका लागि बाटो खुल्ने संकेत
अब सर्बसाधारण बिशेष गरि धनाड्य पर्यटकहरु अन्तरिक्ष पुग्न सक्ने शुभ संकेत देखिएको छ
अन्तरिक्षमा पैसा भएर पनि जान सकिदैन । चाहेर पनि जान सकिदैन । लाखौ र करोडौ बाट चुनिएर मात्र जान पाइन्छ । अब ,लामो समय देखि अन्तरिक्षमा समेत पर्यटन व्यवसाय गर्न सकिने लक्ष्यका साथ निरन्तर काम गरि रहेको भर्जिन ग्यालेटिक नामक प्रतिष्ठानले पर्यटनको लागि बाटो खोल्ने संकेत दिएको छ ।
अमेरिकाको क्यालिफोर्नियाको मोजाभे शहरमा सं २००४ मा स्थापित भर्जिन ग्यालेटिक प्रतिष्ठानले डिसेम्बर १३ तारिख बिहिबार आफूले निर्माण गरेको पर्यटन अन्तरिक्षयानलाई सफलता पूर्वक उडान गर्न सफल भएको छ ।
अब सर्बसाधारण बिशेष गरि धनाड्य पर्यटकहरु अन्तरिक्ष पुग्न सक्ने शुभ संकेत देखिएको छ । अब अन्तरिक्षमा पुग्न धेरै समय लाग्ने छैन जस्तो अवस्था आजको परीक्षणले देखाएको छ । भर्जिन ग्यालेटिकको सुपर सोनीक नामक अन्तरिक्षयान पृथ्वीको वायुमंडलमा पुगेको छ ।
दुई अनुभवी बिमान चालकहरु द्वारा भर्जिन ग्यालेटिकको अन्तरिक्षयान ईकाईका प्रथम अन्तरिक्ष यात्री भएका छन । परीक्षण गरिएको उक्त अन्तरिक्ष यान ५१.४ माइल्स अर्थात् ८३ किमि दूरीको उडान भरेको छ ।
क्यालिफोर्नियाको मोजभे एयर एण्ड स्पेस पोर्ट ( अन्तरिक्ष बन्दरगाह ) मा प्यासिफिक समय ७;११ मिनेटमा उड़ेको थियो । ठिक ८ बजे पछि भर्जिन ग्यालेटिकको भिएसएस युनिटी नामक यान आधार पोतबाट अलग भएको थियो र सिधै आकाशमा उडेको थियो ।
भर्जिन ग्यालेटिकले बिहीवार सबैभन्दा लामो रकेट-संचालित उडानलाई पूर्ण रूपमा पूरा गरेको छ । अमेरिकी सेना र नासाले जस्ले ८० किली दुरी सम्म उडान गरेकोलाई अन्तरिक्षयात्री भन्ने कुरामा विचार गरिने बताएका छन् । साथै संघिय उड्डयन प्रशासनले उक्त अन्तरिक्षयान उडाएका बिमान चालक मार्क स्ट्की तथा सीजे स्ट्रकोलाई व्यापारिक अन्तरिक्ष उडान आगामी नया बर्ष वाशिंगटन डिसीमा समारोहमा प्रदान गरिने बताएका छन ।
उक्त भर्जिन ग्यालेटिक अन्तरिक्षयानको गति २.९ म्याक रहेको थियो भने उक्त गति ध्वनि भन्दा तीन गुना ज्यादा रहेको थियो । उक्त अन्तरिक्षयानको निर्माण स्पेसशिप कम्पनिले गरेको हो । भर्जिन समूहका संस्थापक रिचार्ड ब्रान्सनको आफ्नो प्रतिष्ठान हो । यानको ढाचाको आधिकारिक नामकरण स्पेसशिप २ अर्थात् एसएस२ रहेको छ ।
संस्थापकले यसका लागि काम गरे देखि सन् २००९ मै मध्यम प्रकारको अन्तरिक्षयान उडान गर्ने आशामा थिए ।
स्रोतहरु :सिएनएन ,सीबिएस,एबिसी
तस्बिर : एनबिसी/बिबिसी
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया