बलिउड अभिनेत्री साराको सन्देश : भगवानका देशका नेपालीहरू वीर हुन्

इनेप्लिज २०७५ मंसिर २७ गते २२:४१ मा प्रकाशित

काठमाडौं । अभिनेत्री सारा अली खानको फिल्म ‘केदारनाथ’ नेपाल, भारतसहित विश्वका धेरै हलहरूमा चलिरहेको छ । फिल्मबाट अभिनयमा उनको तारिफ जताततै भइरहेको छ । सारा अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी हुन् ।

साराले नेपाली दर्शक र नेपालीबारे एउटा भिडियो सन्देश पनि जारी गरेकी छन् । उनले भनेकी छन्,‘नमस्कार, सन्चै हुनुहुन्छ नेपाल ?’ आफ्नो फिल्मले नेपालमा पाएको चर्चा र मायाप्रति आभार प्रकट गरेकी सारा थप भन्छिन्,‘सुन्दर देश नेपाल र भगवानको देशका नेपाली वीर हुनुहुन्छ ।’

साराको अर्को फिल्म सिम्हा केही समयमा नै रिलिजको तयारीमा छ । केदारनाथमा सुशान्त सिंह राजपूतसँग स्क्रिन सेयर गरेकी सारा एक हिन्दू नारीको भुुमिका छिन् ।

सारको फिल्मी करिअर ‘टसन’मा बालकलाकारका रूपमा भएको थियो । नम्र स्वभाव, रमाइलो गर्न रुचाउने सारा सुन्दर अभिनेत्री हुन् । उनको रूपको मात्र नभएर अभिनय र बानी व्यवाहारको तारिफ विश्वभरी हुन थालेको छ ।

नेपालीलाई सम्बोधन गरेको उक्त भिडियोबाट सारा अझ लोकप्रिय हुन थालेकी छन् । नेपालीमाझ फिल्म रिलिज भएपछि प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने सारा पहिलो अभिनेत्री पनि हुन् । उनको यस्तै बानीका कारण विश्वभर फ्यान फलोइङ पनि व्यापक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया