बिहीबार, साउन २६ २०७९
काठमाडौं २०:३३
वासिङटन डिसी 10:48

एनआरएनए स्कटल्याण्डको सपथ ग्रहण सम्पन्न

रोशन मेवाहाङ्ग २०७५ मंसिर २७ गते १:२३ मा प्रकाशित

स्कटल्याण्ड । हालै गठन भएको गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद कार्यसमितिको सपथ ग्रहण गरिएको छ। गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा रामकुमार अधिकारीले स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितलाई सपथ ग्रहण, प्रमाणपत्र बितरण र सम्मान गरेका छन्।

उक्त समारोहमा बोल्दै एनआरएनए बेलायतका अध्यक्ष योगकुमार फगामीले स्कटल्याण्डमा राज्य परिषदको गठनबाट एनआरएनए बेलायतको इतिहासमा नयाँ आयाम थपिएको र स्कटल्याण्डमा एनआरएनएको भूमिकालाई सशक्त गर्नु पर्ने बताएका थिए । संघका महासचिव राजकुमार त्रिपाठीले एनआरएनए स्वयसेवी संस्था भएको र एनआरएनए बेलायतले गैर–आवासीय नेपालीहरुको नागरिकता, नेपालमा लगानी, बेलायतमा नेपालीहरुको पहिचान, च्यारिटीहरु लगायत धेरै कार्यहरु निरन्तर गरिरहेको बताएका थिए । संघका उपाध्यक्ष ललित न्यौपानेले एनआरएनए बेलायतले स्कटल्याण्ड सहित वेल्स र नर्थन आयरल्याण्डमा राज्य परिषद गठन गरिएको र चाडैं इङ्गल्याण्डमा राज्य परिषद गठन गरिने खुलासा गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नवगठित स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीले एनआरएनए स्कटल्याण्डले नेपालीहरुको दोहरो नागरिकताको अभियानमा कटिबद्ध भएर लाग्ने , स्कटल्याण्डबाट नेपालमा सामुहिक लगानीको पहल गरिने र आउँदा दिनहरुमा स्कटल्याण्डमा एनआरएनएको सदस्यता वितरण कार्य तिव्र पारिने र संगठन विस्तार गर्ने बताएका थिए । अध्यक्ष कार्कीले एनआरएनए अन्तर्रा्ष्ट्रिय समन्वय परिषदलाई बिदेशमा रहेका नेपाली बालबालिकाहरुमा नेपाली भाषा, लिपि, संस्कार, संस्कृतिको बारेमा जानकारी दिन भिडियो कार्टुन, पाठ्यसामग्री निर्माणको लागि पहल गर्न आग्रह समेत गरेका थिए ।

एनआरएनए बेलायतका सल्लाहकार डा रामकुमार अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा स्कटल्याण्ड राज्य परिषदका संरक्षण भोला खनाल, स्कटल्याण्ड राज्य परिषदका सचिव कृष्ण दाहाल र प्रकाश अर्यालले स्कटल्याण्डमा एनआरएनएको आवस्यकता र भूमिकाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया