क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक
अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक रहेको छ । नेपाली चलचित्रलाई माया गर्नु हुने तथा नेपाली चलचित्र प्रेमीहरुले सुरुवातमै राम्रो हौशला दिएका छन् ।
राम्रो प्रचार प्रसार गरेको कारण दर्शकले राम्रो साथ दिएका छन् । अमेरिकामा कामको दिन मंगलबार प्रदर्शन गर्दा पनि करिव ३ सय भन्दा ज्यादा दर्शकहरु आएका थिए । एकै प्रदर्शन बाट बे एरिया ( क्षेत्र) बाट सर्बाधिक रकम संकलन गर्न सफल भएको छ । यसको साथै उक्त क्षेत्रमा बसोबास गर्ने दर्शक बाट राम्रो प्रतिकृया प्राप्त गरे पछि आयोजक द्वय अनिल पाण्डे र प्रिन्स युबराज कार्कीले खुशी व्यक्त गर्दै हामीलाई हौशला भएको बताएका छन् ।
लामो समय देखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका तथा समाज सेवामा निकै राम्रो काम गर्दै आएको मदरल्याण्ड नेपाल डट ओर्ग समेतका संचालक पाण्डेले दर्शकलाई धन्यवाद दिएका छन् । ‘चि मुसि चि’ सन्नीभेलका नेपाली समुदायसंग छुटै कार्यक्रम हुने छ | यसको नारायण खनाल संग कुराकानी भै रहेको अनिल पाण्डेले बताए । उक्त चलचित्रबाट संकलन भएको रकमबाट आधा रकम उक्त नेपाली भाषा कक्षालाई दिइने भएको छ ।
साथै अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुने बताउदै एक पटक यो चलचित्र छुटाउन नहुने बताए । गत मंगलबार डिसेम्बर ११ का दिन अल्बानीको ल्यान्डमार्क थेटर (चलचित्र मन्दिर )मा सम्पन्न भएको थियो। यस चलचित्रका निर्माताहरु अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेका छन् भने कार्यकारी निर्मातामा शिवराज कार्की हुन् ।
दिनेश श्रेष्ठ द्वारा निर्देशित चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइबा लगायतका कलाकारहरूको अभिनय रहेको छ । साथै चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको नृत्य निर्देशन रहको छ । गत श्रावण ११ देखि नेपाल अधिराज्यका भर प्रदर्शन भएको थियो
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया