१२ वर्षमै विवाह बन्धनमा बाधिएकी गायिका मिडियामा भाइरल,भन्छिन, ‘पढ्न रहर हुँदा हुँदै पढ्न पाइन’
इनेप्लिज
२०७५ मंसिर २६ गते २२:२३ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : सुवास्नी तामाङ कलाकारिता क्षेत्रमा उधाउदै गरेको नाम हो। उनी आधुनिक गीत देखि लोकदोहोरी गीतसम्म गाउन रुचाउँछिन्। उनले हालै ‘मलाई तीमीले रुवाएर गयौ’ बोलको पहिलो गीत रेकर्डिङ गराएकी हुन्। उनले यस गीतबाट राम्रो प्रतिक्रिया पाएकी थिइन्।
१२ वर्षको उमेरमा विवाह गरेकी तामाङ अहिले २२ वर्ष पुगिन। उनको ५ वर्षको छोरा पनि छ। सिन्धुपाल्चोकमा जन्मिएकी सुभाशिनी हाल आफ्नो परिवारसँग बाँसबारी बस्दै आएकी छिन्। उनको श्रीमान ईभिङ पेशा गर्छन भने उनी एक डी.आईजी.को घरमा घरयासी काम गरेर जीविका पार्जन गरिरहेकी छिन्। उनी सानोमा पढ्न निकै अब्बल थिइन् । उनले ५ कक्षासम्म अध्धयन गरेकी छिन् । विवाह पछि रहर हुँदा हुँदै पनि उनले पढ्न पाईनन्।
उनको गायिका बन्ने ठुलो सपना छ। उनका परिवारले पनि यस क्षेत्रमा उनलाई साथ् र सहयोग गरिरहेका छन्। सुरीलो स्वर भएकी तामाङको मिठो गीत मात्र हैन उनका विचारहरु पनि निकै राम्रा छन्। उनको आँखा र बोलीमा केहि गर्छु भन्ने भाव प्रष्टै झलकिन्छ। उनले घर, गृहस्थीको साथसाथै गायन सिकेर चर्चित गायिका बन्ने अठोट राखेकी छिन्।
हेर्नुहोस भिडीयो :
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया