‘सन्देश बचाऊ’ अभियानको रकम हस्तान्तरणसँगै अभियान बन्द भएको जानकारी
इनेप्लिज
२०७५ मंसिर २६ गते २१:५७ मा प्रकाशित

धनकुटा । आर्थिक अभावले उपचारमा समस्या परेका धनकुटा चौबिसे बालक सन्देश तामाङ्गको उपचार अभियानमा संकलित रकम धनकुटा खबरले हस्तान्तरण गरेको छ । चौबिसे वडा नं. २ बन्दुके डाँडा निवासी ७ बर्षिया तामाङ्ग र उनका बजे जति बहादुर तामाङलाई संकलित ३० हजार ३ सय ३३ रुपैंया हस्तान्तरण गरिएको हो । उक्त रकम नेपाल पत्रकार महासंघ धनकुटाका अध्यष राजेश्वर बहादुर श्रेष्ठ र उपाध्यक्ष नगेन्द्र राईले हस्तान्तरण गर्नुभएको हो ।
यो रकम हस्तान्तरणसंगै ‘सन्देश बचाऊ’ अभियान बन्द भएको धनकुटा खबरका सन्चालक बिष्णु बिक्रम निरौलाले जानकारी दिनु भयो । २०७३ सालमा करेन्ट लागेर एक हात गुमाएर देब्रपाटो आधा शरिर अपाँगता भएका का बारेमा यस अनलाईनले गएको भाद्र २१ गते समाचार प्रकाशन संगै अभियान शुरु गरेको थियो ।
समाचार प्रकाशन पछि हङ्गकङ्ग निवासी नेपालीहरुले यस अघि २ लाख १३ हजार २ सय २० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिसकेकाछन । सहयोग गर्नेहरुमा हङ्गकङ्ग बसोबास गर्दै आउनुभएका शर्मिला गुरुङ(लमजुङ) ,टिकामाया गुरुङ(कास्कीं), समु राई र सारदा राई (खोटाङ्ग)को पहलमा उक्त सहयोग जुटेको थियो ।
धनकुटा खबर अनलाईनले आफ्नो तर्फबाट ११ हजार १ सय ११ रुपैया संकलन गरेर शुरु गरेको यो अभियानमा स्वदेश नेपाल डट कमबाट रु. ५ हजार, पाथिभरा न्यूज डट कमबाट रु २ हजार २ सय २२, नेपाल ईलेक्ट्रिसिटी अथोरेटीमा कार्यरत नुवाकोट २ लिखु गाउँपालिकाका टिकादत्त ढकालले रु ५ हजार, ईटहरी निवासी निरु मगरले रु ३ हजार सहयोग गर्नुभएको छ । त्यस्तै हाल मलेशियामा कार्यरत काजी राईले ४ हजार सहयोग गर्नु भएको छ । यो अभियानमा हङ्गकङ्ग निवासी महिलाहरुको सहयोग बाहेक धनकुटा खबरको खातामा ३० हजार ३ सय ३३ जम्मा भएको रकम हस्तान्तरण गरी अभियान बन्द गरिएको हो ।
अभियानमा कुल २ लाख ४३ हजार ५ सय ५३ जम्मा भएको छ । यद्यपी बालक सन्देशको टाउकोमा कपाल उमार्न ६ लाख चाहिने र टाउकाको घाउ निको भएको हुंदा हाल उक्त रकम आफ्नै खातामा संकलित रहेको बाजे जित बहादुरले जानकारी दिनुभयो । हाल उमेरका कारण अपरेशन नहुने भएकाले संकलित रकम सन्देशको पढाईमा खर्च गर्दै आवश्यक फ्लोअप उपचार गर्दैगर्ने बाजे जीतबहादुरले जानकारी दिनुभयो ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया