बुधबार, भदौ १ २०७९
काठमाडौं ०४:४९
वासिङटन डिसी 19:04

ट्रम्पका पूर्व वकिलाई तीन वर्ष जेल ,राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाउन सकिने

यादव राज जोशी २०७५ मंसिर २६ गते १९:४७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माईकल डि कोहेनलाई न्यूयोर्कको अदालतले बुधुबार तीन वर्ष जेल सजाय सुनाएको छ । पोर्न स्टार र पूर्व प्लेबोय मोडललाई ट्रम्पसंगको संवन्ध गोप्य राख्न पैसा दिएको आरोप उनि माथी लागेको थियो । फेडरल एजेन्टले गत अप्रिलमा कोहेनको कार्यालयमा छापा मारेका थिए । त्यसपछि न्यूर्योक अदालतमा उक्त मुद्दाको बहशमा वकिल कोहेनले राष्ट्रपति ट्रम्पले पैसाको व्यवस्था गर्न भनेको बयान दिएका थिए ।

पैसा दिएर पोर्न स्टार र पूर्व प्लेबोय मोडललाई चुप लगाएको विषयमा छानबिन चलिरकेको बेला ट्रम्पले उनलाई कमजोर मानिसको संज्ञा दिएका थिए । ट्रम्पले पहिले वकिलको बयान सहि नभएको बताएपनि पछि पैसा दिएको कुरा स्विकार गरेका थिए । न्यायधिस विलियम एच पाउलीले उक्त सजाय सुनाएका हुन ।

पोर्न स्टार र पूर्व प्लेबोय मोडललाई वकिल कोहेन माथि पैसा दिएर चुप लगाएको र सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा रुसी हस्तछेपमा भुमिका रहेको अभियोगमा बेग्लाबेग्लै मुद्दा दायर गरिएको थियो ।

यसैबीच, डेमोक्र्याट सांसदहरुले यौनकर्मी तथा प्लेबोय मोडललाई पैसा दिएर चुप गराएको अभियोगमा राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाउन सकिने बताएका छन् । सांसद जोसेफ नादेरले सिएनएनसंग कुरा गर्दै उक्त कुरा बताएका हुन ।

स्रोतः न्यूयोर्क टाईम्स, सिएनएन ।

प्रतिक्रिया