ट्रम्पका पूर्व वकिल माईकल कोहेनलाई ३ बर्षको सजाय
अमेरिकी राष्ट्रपतिका पूर्व वकिल माईकल कोहेनलाई अदालतले ३ बर्ष कैदको फ़ैसला सुनाएको छ । आज बुधवार उक्त फ़ैसला न्यूयोर्कको अदालतले सुनाएको हो ।
वकिल कोहेनले राष्ट्रपति डोनाल्ड ट्रम्प संग काम गर्दाको सबै ज़िम्मेवारी लिन्छु भनेका छन । राष्ट्रपतिका कुनै समय दाहिने हातका रुपमा काम गरेका एक निजि वकिल माइकल कोहेन अन्तत्वगत्वा कानुनको फन्दामा फसेका छन् । जसको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक प्रकारको सानोतिनो झड्का लागेको छ ।
न्यू योर्कमा राम्रो जमेका पूर्व निजि वकिल कोहेन लाई न्यू योर्कको युएस अधिवक्ता कार्यालयले महिनौ सम्म लगाएर अनुसन्धान तथा खोज गरे पछि महत्वपूर्ण अपराधिक सूचना प्राप्त गरि अदालतमा हाजिर गराएका थिए ।
कोहेनले कर धोका ,बैंक बारेमा गलत बयान तथा सन् २०१६ को निर्वाचन अभियानमा आर्थिक उल्लङ्घन गरेको आरोप सहित दोषी लगाइएको छ । यसको साथै वयस्क चलचित्रमा खेल्ने कलाकारलाई निर्वाचनको समयमा चुप लगाउन १ लाख ३० हजार डलर समेत दिएको आरोप लगाईएको कुरा सिएनएनले जनाएको छ ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया