मंगलबार, असार ३ २०७६
काठमाडौं ०८:४७
वासिङटन डिसी 23:02

बिद्यालयमा सताइएको ( बुलिंग) कारण अलाबामामा ९ बर्षकि छात्राले आत्महत्या गरेको परिवारको आरोप

इनेप्लिज २०७५ मंसिर २६ गते ११:५५ मा प्रकाशित

अमेरिकाको अलाबामा को एक बिद्यालयमा अध्ययनरत ९ बर्षिय छात्रालाई सताइएको कारण आत्महत्या गरेको परिवारली आरोप लगाएका छन् । यही बुलिंग अर्थात् उनलाई पटक पटक सताईएको र निरुत्साहित गरेको कारण उनले आत्महत्या गरेको हो भन्ने दाबि परिवारको छ ।

प्रहरीले उक्त बिद्यालयबाट सबै प्रकारको सहयोग प्राप्त भै रहेको र अनुसन्धान भै रहेको उल्लेख गरेको छ । उक्त बालिकाले गत डिसेम्बर ३ तारिखका दिन आत्महत्या गरेकी थिइन् । उनलाई जातिवादी आक्षेप लगाईएकोले उनले आत्महत्या गरेको भनाई परिवारको रहेको छ ।

उक्त मृतक बालिकाको घर लिनडेनमा अनुसन्धान अझ अनुसन्धान गरि रहेको र प्रहरीले कुनै पनि त्यस्तो उनलाई सताईएको पकुनै नदेखिएको उल्लेख गरेको छ । म्याककेंजी निकोल एडम्स नामक उक्त बालिकाकि काकीले डेमोपोलिस को युएस जोन्स इलेमेन्टरी स्कुल नामक बिद्यालयमा भएको आरोप लगाएकी छिन्

उनलाई सम्पूर्ण बिद्यालयमा तिमि कुरुप ,तिमि काली र म.…र तिमि जस्ता शब्द भनेको कुरा स्थानीय पत्रिकामा भनेको कुरा उल्लेख छ । एड्मस आफ्नी हजुरआमा को घरमा मृत अवस्थामा फेला परेकी थिइन् । के कारणले निधन भएको भन्ने कुराको आधिकारिक रुपमा प्रहरी द्वारा अहिले सम्म प्रतिबेदन सार्बजनिक गरिएको छैन भनि एनबिसी४ मा समाचार छ ।

एक संचारकर्मीले उनको नाममा गो फन्ड खोलि दिएका छन् ।

तस्बिर श्रोत तथा कृतज्ञता :एड्विना ह्यारिस

प्रतिक्रिया