अमेरिकामा शरणार्थी अस्वीकारमा आकस्मिक वृद्धि
अमेरिकी वर्तमान सरकारको मुख्य राष्ट्रिय मुद्धा नै शरणार्थी अस्वीकार गर्नु हो भन्दा हुन्छ । ट्रम्प प्रशासन कुनै हालतमा शरणार्थी स्विकार नगर्ने र यस्ता कदमलाई निरुत्साहित गर्ने र देश फर्काउने पक्षमा रहेको देखिन्छ । सन् २०१६ को निर्वाचन अभियानमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन र शरणार्थी सम्बन्धि परिवर्तन ल्याउने र यसलाई मुख्य मुद्धा बनाई न्युनतम गर्ने कार्यसूची नै बनाएका थिए ।
मुख्यतया मध्य अमेरिकाबाट आफ्नो देश छोडेर अमेरिका आएर शरणार्थी बन्न चाहेका मध्येका निवेदनको तथ्यांक हेर्ने हो भनि अत्यधिक रुपमा निम्न गरेको पाइन्छ । ट्रानज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङ्ग हाउस अर्थात् संक्षेपमा ट्रयाक नामक ले गरेको पछिल्लो तथ्यांक अनुसार २० बर्ष कै सर्वाधिक शरणार्थीको आबेदन दर्ता न्यून भएको जनाएको छ ।
वित्तीय बर्ष २०१८ मा ट्रयाकको पछिल्लो तथ्यांक अनुसार ६५ प्रतिसत अध्यागमन न्यायाधिसहरुले शरणार्थीको दाबिलाई अस्विकार गरेका छन् । सन् २०१७ मा ४२ प्रतिसत अस्विकार गरेका थिए ।
सन् २०१८ मा ४२ हजार २ सय २४ जनाको शरणार्थी निवेदनको निर्णय गरिएको थियो भने सन् २०१६ को तुलनामा झन्डै ८९ प्रतिसत कुल मुद्धा निर्णय गरिएको थियो । वास्तवमा अघि देखि रही आएका यस्ता कामहरु नसकिएको अवस्थाले शरणार्थीको शरण खोज्नेहरु ३ देखि ५ बर्ष सम्म अमेरिकामा बस्न पाएका छन् ।
शरणार्थी खोज्नेहरु अहिले अत्यधिक वृद्धि भएका देशहरुमा होंडुरस,एल साल्भाडोर र ग्वाटेमाला रहेका छन् । एल साल्भाडोरका मानिसहरुले होंडुरस र ग्वाटेमाला भन्दा ज्यादा शरणार्थीको शरण पाएका छन् । सन् २००४ सम्म एल साल्भाडोरले केवल ४ प्रतिसत मात्र पाउथे भने अहिले सन् २०१८ मा २३ प्रतिसतले पाएका छन् । तर ग्वाटेमालाका ले केवल १८ प्रतिसत पाएका छन् भने होंडुरसका ले केवल २० प्रतिसत पाएका छन् ।
उक्त संस्थाले जनाए अनुसार पूर्व राष्ट्रपति बाराक ओबामा को समयमा शरणार्थी सम्बन्धि आमूल परिवर्तन भएकोले अधिकांशले शरण पाएको उल्लेख गरेको छ । मुख्यतया उक्त देशहरुमा घरेलु हिंशा तथा गिरोह हिंसा भएकालाई सरल रुपमा शरण दिइन्थ्यो ।
अब घरेलु हिंसा भन्दा सिधा क्रुर धम्कि भएको भनि मध्य अमेरिकी राष्ट्रका नागरिकले शरणार्थीको लागि शरण पाउँ भनि निवेदन दिने सामान्य भएको छ । यस्तै कथा नेपालीहरुको पनि रहेको छ । तुलनात्मक रुपमा पहिला भन्दा शरणार्थी भनि शरण लिन चाहनेको अस्विकार हुने गर्दछ ।
स्रोत :युपीआई डटकम
तस्बिर :सीबिसी
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया