शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:१३
वासिङटन डिसी 13:28

मेरिल्याण्डमा महिलाहरुले पुरुष सरह वस्त्र धारण गर्न पाउने माँग राखे पछि न्यायाधिसको यस्तो आदेश

इनेप्लिज २०७५ मंसिर २५ गते १:०० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको चर्चित ओसियन सिटि शहरमा महिलाले पनि पुरुष सरह टपलेस अर्थात् “अर्धनग्न ” भएर समुन्द्र किनारामा सूर्यको किरण लिन पाउनु पर्छ भन्ने बिषयको विवादलाई न्यायाधिसले अस्थाई आदेश जारी गर्दै रोक लगाएका छन् ।

मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरका संघीय न्यायाधिसले छिट्टै यस सम्बन्धि अध्यादेश मार्फत ओसियन सिटिमा पुरुष झैँ माथि वस्त्र नलगाई अर्धनग्न ” भएर जाने बिषयमा निर्णय लिने भएका छन् ।

यस बिषयमा अदालतमा भएको वादी र प्रतिवादीको बहस सुने पछि प्रमुख न्यायाधिस जेम्स ब्रेडारले गत शुक्रबार छिट्टै निर्णय आउने बताएका थिए । यस सम्बन्धि मुद्धा हालेका पाँच महिलाहरू जव सम्म कानुनी मुद्दा समाधान नभएसम्म ओसीएन सिटिले लगाएको अध्यादेश रोकिने कुरामा आशाबादी भएका छन् । उनीहरुले संघीय मुद्धा गत बर्ष दायर गर्दै अध्यादेश असंबैधानिक भएको दाबि गरेका थिए ।

ओसियन सिटिका नगर प्रमुख रिक् मिहन भन्छन हामी अर्ध नग्न भएको समुन्द्र-तट कहिले थिएनौ र हुने पनि छैनौ भनि गत बर्ष जुन २०१७ मा अध्यादेश पारित भएको बताएका छन् । उनले थप्दै अगाडी भनेका छन् हजारौ परिवार आराम र आनन्द बिताउन आउने र यस्ता क्रियाकलापबाट हामी मुक्त छौ भनेका छन् ।

उनले हजारौ यस भेकका वासिन्दाले अर्धनग्नलाई प्रतिबन्ध लगाउनु पर्छ भनि व्यक्तिगत भेटेर ,संचार माध्यम ,मौखिक रुपमा तथा बिधुतिय डाक मार्फत आफूलाई समर्थन गरेको भनि गत शुक्रबार अदालतमा भनेका थिए  ।

यसै गरि नागरिक अधिकारवादी वकिल डेभोंन ज्याकोब जो वादीको प्रतिनिधित्व गरेका छन् उनि भन्छन ,महिलाहरुलाई पुरुष सरह माथि छाती खोल्न र सार्बजनिक स्थलमा बस्न कानुनी अधिकार भएको बताउदछन । यसै गरि न्यायाधिसले मानव लिंगभेदका विशेषज्ञका समेत कुरा सुनेका छन् र उनले वादीको पक्षमा तर्क पेश गरेका छन् ।

न्यायाधिसले अस्थाई आदेश जारी गर्दै रोक लगाएका छन् भने यो मुद्धा २०१९ सम्म चल्ने आशा गरिएको समाचार डब्लुटिओपी मा छापिएको छ ।

प्रतिक्रिया