लोभिले देशको ईज्जत राख्दैनन्

इनेप्लिज २०७५ मंसिर २४ गते २२:५० मा प्रकाशित

खासकुरा सन १९८६ तिरको हो । कुनै देशको राजदूत आफनो ओहदाको प्रमाण पत्र राष्ट्र्पतिलाई पेश गरेपछि, उनको काम चान्सरीमा गएर, अन्य कुटनैतिक अधिकृतहरुसंग छलफल गर्ने, कसरी आफनो देश संसार सामु राम्रोसंग दौत्य सम्बन्ध बढाउने, राजनैतिक रिपोर्ट कसरी बनाउने हुन्छ । तर बाब भन्ने राजदूत चाँहि, काउन्सलर, सैनिक सहचारीहरुलाई दिइएको गाडि लिएर कहाँ सस्तो कुखुरा चामल पाँउछन आफनो स्टाफलाई “चान्सरीमा कामसाम केहि छैन तिमीहरु आउनु पर्दैन ” भनेर दिँउसो भरि कहिले मेरिल्याण्ड कहिले भर्जिनियातिर पसल चार्दो रहेछ ।

पसलमा जाँदा कहिलेकाँहि, फ्रोजन लप्सटर, ससेजहरु पनि आफ्नो फनो ओभर कोटको खल्तिमा हाल्दो रहेछ । त्यतिखेरा आजकाल जस्तो चारैतिर क्यामेरा पनि राख्दैन थियो । अमेरिकामा गाडि किन्न सस्तो तर मर्मत गर्न सारै महगो त्यो बाब भन्ने राजदूतले सवारी चलाकले गाडि बिग्रियो भन्यो कि चडकन लाउँदो रहेछ । गाडिमा मर्मत भएन भने गाडि नचल्ने हुन्छ । यसरी उनले आफनो कारलाई बाहिरा सडकमा थन्क्याएर राखेको रहेछ ।

एक दिन नियोग उपप्रमुखले अर्को गाडि किन्न पर्यो भनेछ । उसो भए “हामीसंग दुइवटा गाडिहरु छन” पहिले बेचेर मात्रै किन्ने निर्णय भएछ । गाडिहरु चलाएर लान सक्ने सम्भावना कम छ राजदूत महोदय भनेर उपनियोग प्रमुखले भने छ । “उसो भए धकेलेर लैजाँउ हुन्न र ?” राजदूत भनेपछि सबैजना ट्वाँ परेछन ।

बैशाख महिनामा वासींगटन डिसीमा चारैतिर रुखहरु नयाँ कोपिला लाग्ने चेरि फूल्ने समय, सारा पर्यटकहरुको घुँइचो लाग्ने समयमा । थोत्रो ल्फागकारको पछाडि, राजदूत र उप नियोग प्रमुख, अनि स्टाफकारको पछाडि सैनिक सहचारी र प्रथम सचिब बसेर गाडिहरुलाई धकेल्दै म्यासेचुसेटस एभिन्यू, चे्नब्रीज, मक्लीन शहर हुँदै टाइसन कोर्नेर को कून भन्ने मोटर कम्पनीमा पुरा छन् छन । अहिलेको जस्तो भए गाईजात्रा नै हुन्थ्यो । तेस बेलामा अमेरिका भरि चार सय नेपाली पनि थिएन, कस्ले फोटो खिचेर पत्रिकामा राख्ने ? । गाडि कम्पनीमा पुगेपछि जम्म ९०० नौ सय दिए छ पसलेले । पहिले नै बेचेको भए छ सात हजार आउने रहेछ ।

बाब भन्ने राजदूत सारै घटिया खाले रहेछ, आफनै छोरिलाई लातको लात हान्ने , कति स्टाफहरुलाई मुठकी बसाउने रहेछ । तर आफनो परराष्ट्र् मन्त्री र आफनो देशको राष्ट्रपतीलाई भने सारै रिजाएको रहेछ । बिल भैरपाई मिलाउन माहिर रहेछ । आफनो बासस्थान आफै भत्काएर, मर्मत खर्च ल्याँउदो रहेछ ।

देशको बारेमा केहि चिन्ता नहुने राजदूत रहेछन बाब, एक दिन बाहिराका पाहुनाहरुलाई ल्बाकटाई डिनर भनेर बोलाएछ, आफू चाँहि क्याजुल लुगा लगाएर निस्केछन । राजदूतहरुले पठाइएका राजनीति खबरको आधारमा देशका परराष्ट्र् नीतिले गति पठाउन यो रिपोर्टको अति आवाश्यक पर्दछ, तर उनले भने कुटनैतिक थैली पठाउने काम नै बन्द गरेछन ।

प्रतिक्रिया