आइतबार, साउन २२ २०७९
काठमाडौं २२:५३
वासिङटन डिसी 13:08

काँग्रेसको आर्थिक नीति केन्द्रीय समिति बैठकबाट पारित

इनेप्लिज २०७५ मंसिर २४ गते ११:५४ मा प्रकाशित

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आर्थिक नीति पारित गरेको छ ।

सहमहामन्त्री डा. प्रकाशशरण महत संंयोजक रहेको समग्र आर्थिक नीति प्रस्ताव समितिको प्रस्ताव सुझाव समेत केन्द्रीय समितिबाट पारित गरिएको हो ।

डा. महतको प्रस्तावमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर प्रस्ताव पारित भएको सहमहामन्त्री एंव समितिका संयोजक डा. महतले जानकारी दिए ।

यो प्रस्ताव काँग्रेसको महासमितिको मंसिर २८ गतेबाट सुरु हुने बैठकमा प्रस्तुत हुनेछ । प्रारम्भिक सस्यौदा केहि साता अघि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया