शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:०९
वासिङटन डिसी 13:24

रियल मड्रिड शीर्ष चारमा उक्लियो, हुएस्कालाई हराएपछि अंक बढ्यो

इनेप्लिज २०७५ मंसिर २४ गते २:३३ मा प्रकाशित

लण्डन, २४ मंसिर । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष चारमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले हुएस्कालाई हराएको हो । रियल मड्रिडले अवे मैदानमा भएको खेलमा हुएस्कालाई १–० ले हराएको हो ।

रियल मड्रिडको जितमा ग्यारेथ बेलले गरेको गोल निर्णायक बन्यो । बेलले आठौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बेलले ला लिगामा ८०२ मिनेटपछि गरेको यो पहिलो गोल हो । उनी ला लिगाका पछिल्ला १० खेलमा गोल बिहीन थिए ।

हुएस्काले दोस्रो हाफमा गोल गर्ने राम्रो मौका बनाएको थियो । तर त्यसमा सफल हुन सकेन । जितपछि चौथो स्थानमा पुगेको रियल मड्रिडको १५ खेलबाट २६ अंक भएको छ ।

आइतबार राति नै भएका अरु खेलमा रियल भालाडोलिडले रियल सोसिडाडलाई २–१ तथा रियल बेटिसले रायो भालेकानोलाई २–० ले हरायो । यस्तै एइबर र लेभान्टेले ४–४ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया