मंगलबार, असार ३ २०७६
काठमाडौं ०८:२९
वासिङटन डिसी 22:44

अमेरिकामा ६ वटा नक्कली बिहे गरेको आरोपमा एक व्यक्ति पक्राउ

इनेप्लिज २०७५ मंसिर २३ गते २२:४६ मा प्रकाशित

अमेरिकाको म्यासाचुसेट्स राज्यको वुस्टर शहरमा जालसाजी गरि ६ वटा बिवाह गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । गत मंगलबार डिसेम्बर ५ तारिखका दिन उनलाई पक्राउ गरिएको युएस सिटिजनशिप इमिग्रेसन सर्भिस(युएससीआईएस)ले सार्बजनिक गरेको छ ।

उनले सरकारलाई छलेर ६ वटा नक्कली बिहे गरेकोमा उनलाई सजाय सुनाईएको छ । उनले आप्रवासन कानुनलाई ठग गरेको आरोप छ । ५७ बर्षिय पिटर हिक्स नामक उक्त व्यक्तिलाई युएस जिल्ला न्यायाधिस टिमोथी एस हिलम्यान ले २ बर्षको लागि परीक्षणकालको लागि सजाय सुनाएका थिए । उनलाई उप उत्तर अफ्रीकाका ६ जना महिलालाई जालसाजी बिहे गरेको आरोप छ ।

गत सेप्टेम्बर २०१८मा हिक्सलाई जाली बिहे गरेको अभियोग लागेको थियो । यसै गरि गत जनवरी २०१८ मा उनलाई पक्राउ गरि आरोप लगाउदै केही शर्त सहित छुटकारा दिइएको थियो ।

सन् २०१४ मा संघीय कानुन प्रवर्तन गुप्तचरहरुले हिक्सले ६ वटा उप अफ्रीकाबाट ६ जना बिदेशी महिलाहरुलाई सन् २००३ देखि २०१३ सम्म किर्ते बिहे गरेको प्रमाण समेत बाहिर ल्याएका थिए । जस मध्ये उक्त व्यक्तिले ६ वटा पत्नी मध्ये ४ जना लाई आप्रवासन सुबिधाहरु दिलाई पाउ भनि निवेदन समेत दिएका थिए ।

उक्त व्यक्तिलाई सोधपुछ गर्ने क्रममा अमेरिकाको नागरिक नलिएका श्रीमतीलाई सुविधाहरुको लागि दर्ता गराएको बयान दिएका थिए । उनले ३ वटा महिला संग आप्रवासन सुबिधा लिन बिहे गरेको कबुलेका थिए । उनले नक्कली बिहे गरे वापत रकम समेत लिएको कबुलेका थिए । अन्तर्वार्तामा उनले सन् २०१३ देखि नै जालसाजी बिहे गरेको बताएका थिए । उनले कागजात नभएका अफ्रिकन महिला द्वारा रकम लिएको र नागरिक भएका मानिस संग बिहे गरेमा स्थाई आवासीय पत्र ( ग्रिन कार्ड ) लिने पाइने हुनाले यस्तो गरेको समेत बताएका थिए ।

हिक्सले एक पत्नी हुदा हुदै अर्को बिहे गरेका र जालसाजी गर्दै अर्को पत्नीको लागि आप्रवासन आवेदन पत्र बुझाएका थिए । वास्तवमा उक्त व्यक्तिले वास्तवमा ५ बिहे गरेका थिए भने सरकारको सुबिधा लिन पूर्व पत्नीको लागि पनि निवेदन दिएका थिए ।

स्रोत :युएससीआईएस
तस्बिर स्रोत : विकिहाउ डटकम

प्रतिक्रिया