अस्मिताको गृह जिल्ला झापामा भब्य स्वागत (हेर्नुहोस् भिडियो)

इनेप्लिज २०७५ मंसिर २३ गते १९:५१ मा प्रकाशित

उर्लाबारी÷चर्चित रियालिटी शो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेकी झापाकी अस्मिता अधिकारीलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ ।

नेपाल आइडलको टप–४ मा पर्न सफल अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन् । दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएकी अस्मितालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । अस्मिताको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनलाई स्वागत गरेका थिए ।

झापाको लखनपुर घर भएकी अस्मिताले गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को यात्रा शुभारम्भ गरेकी थिइन् । गृह जिल्लाबाट अनेक कठिनाइ र समस्याहरूसँग लड्दै नेपाल आइडल सिजन २ को टप ४ सम्म आइपुगेकी अस्मिता स्वरकी धनी छिन् ।नेपाल आइडलमा उनको स्वरको जति चर्चा गरिन्छ उत्ति नै लय पनि मिलेको हुन्छ। त्यसैले त उनी नेपाल आइडलका जजको मनपर्ने प्रतिस्पर्धीमा पर्छिन् ।

प्रतिक्रिया